काठमाडाैं । राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले सरकारी तथा निजी लगानीमा बनिरहेका आयोजनाहरु धेरै समस्यामा फसिरहेको बताउनुभएको छ ।
स्वतन्त्र उर्जा उत्पादक संघको वार्षिकोत्सवको अवसरमा आयोजित प्यानल छलफलमा बोल्दै भण्डारीले जलविद्युतमात्रका नभई धेरै पूर्वाधारहरु समस्यामा फस्दा समयमै नसकिएको बताउनु भयो । उहाँकाअनुसार आयोजनाहरु समयमै नसकिनुको कारणबारे अध्ययन समेत आयोगले गरेको थियो । अध्ययनमा सबै मन्त्रालयहरुका प्रोजक्टहरुले एउटै समस्या भोगिरहेको पाइएको बताउनु भयो । उहाँकाअनुसार धेरै आयोजनाहरुले जग्गा प्राप्तीदेखि मुआब्जा, इआइएको समस्याबाट गुज्रनुपरेको छ ।
सहसचिव भण्डारीले भन्नुभयो– 'हामीले गरेको अध्ययनमा सबै मन्त्रालयहरुको प्रोजेक्ट किन समयमा बनेन, आयोजनाको लागत किन बढ्यो भन्ने सन्दर्भमा सबैको एउटै समस्या आएको पाइयो । जग्गा प्राप्ति सम्बन्धि समस्या, मुआब्जा, इआइए समयमै भएन, ऐलानीका समस्याहरु देखिएका थिए । हाइड्रोपावर मात्रै नभई हरेक प्रोजेक्टहरुमा समस्याहरु आइरहेका छन् । हामीले यो विषयलाई कसरी अघि बढाउने भनेर निरन्तर स्टेक होल्डरसँग छलफल गरेका छौँ । वन मन्त्रालयसहितका निकायहरुसँग छलफल भएका छौं । हरेक पूर्वाधार उत्थानशिलमैत्री हुनुपर्छ ।'
उर्जाविद् अरुण सुवेदीले नेपालमा नीति र विधिमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भयो । उहाँले नीति र विधि नबदल्ने हो भने विकास सम्भव नरहेको बताउनु भयो । सुवेदीले सबै क्षेत्रलाई संरक्षित क्षेत्र अन्तर्गत राखिनु गलत हो । यसमा पुनर्विचार गर्नुपर्छ । रुखले मात्रै अक्सिजन दिन्छ भन्नु त्यो गलत बुझाइ रहेको सुवेदीले जिकिर गर्नुभयो ।
उर्जा विज्ञ सुवेदीले भन्नुभयो-‘संसारमा अक्सिजन रुखले मात्रै बनाउछ भनेर कसले भन्यो ? समुन्द्रले ५० प्रतिशत भन्दा बढी अक्सिजन बनाउछ । समुन्द्रले अक्सिजन नदिएने भए अरबका मान्छेहरु मरिसक्थे । सबै पहाडहरु संरक्षित क्षेत्र बनाउने हो भने भोलीका दिनमा अन्नपूर्ण क्षेत्रमा रियल अर्थको ठूलो डिपोजिट भयो भने उत्खनन नगर्ने ? रियर अर्थको फाइदा कति छ ?’
विद्युत विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठले ऐन कानूनहरु स्पष्ट नहुँदा आफूहरुलाई समेत काम गर्न अप्ठ्यारो पर्ने गरेको बताउनु भयो । उहाँकाअनुसार जलविद्युत् क्षेत्रमा धेरै नीतिहरु अस्पष्ट हुँदा निकायअनुसार बुझाइ पनि पर्ने गरेको छ ।
विद्युत विकास विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो-‘जुन ऐन नियमहरु हामीले बनाउछौँ त्यसमा नै हामी स्पष्ट भएर जानुपर्ने देखिन्छ । कतिपय विषयमा बुझाइ फरक छ, कर्मचारीतन्त्रले पनि हुन्छ पनि नभन्ने र हुन्न पनि नभन्ने स्थीति आइरहेको छ । बुझाइ फरक भएपछि कार्यान्वयनमा समस्या पर्ने गरेको छ ।’
उहाँले नीतिगत अस्पष्टता हटाउन अन्तरनिकाय समन्वयको प्रयास समेत भइरहेको बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच