काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिनुभएको छ। प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीसहित उहाँले आज राजीनामा दिनुभएको हो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले श्रेष्ठले राजीनामा बुझाएको जानकारी दिनुभयो।
राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएपछि श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ। उहाँले २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्नुभएको थियो।
त्यसपछि २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका श्रेष्ठको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो। कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदै उहाँले राजीनामा दिनुभएको हो।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी दर्ताको दुई दिनअघि नै श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिनुभएको हो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच