काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्ना समूहका नेता तथा शुभेच्छुकहरूसँग छलफल गर्ने भएका छन्।
पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक आयोजना गरिएको पूर्व सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिइसकेपछि कोइरालाले पार्टीको रुख चिन्ह र झन्डा रहेको ठाउँमै आफू उभिने बताउँदै आउनुभएको छ। उहाँले कांग्रेसको मूलधारबाट अलग हुन नसकिने सन्देश दिँदै आउनुभएको हो।
यसैबीच, सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताइरहेका छन्। आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरू आजै सर्वोच्च अदालत पुगेका थिए।
तर, सुनुवाइ आज नभई माघ ६ गतेका लागि पेसी तोकिएपछि नेता कोइराला आफ्ना समूहका नेताहरूसँग परामर्शमा जुट्नुभएको हो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच