काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्न प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसभित्रको विवाद मुख्य कारण देखाउँदै मनोनयनको मिति सार्नुपर्ने माग गरिएको हो।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सोही विवादका कारण मनोनयन दर्ताको मिति पुनः निर्धारण गर्नुपर्ने दबाब बढेको हो।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले हाल माघ ६ गतेदेखि तोकिएको मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका छन्। तर, मनोनयनको समय सार्ने विषयमा आयोगले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ भने देउवा पक्षका नेताहरूले निर्वाचन आयोगमै पुगेर पनि मनोनयन दर्ताको मिति सार्न आग्रह गरेका छन्।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच