महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगो लगाएका छन्।
सुदूरपश्चिमका नौ जिल्लामा कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई तथा अन्य जिल्लामा एक–एक गरी कुल १६ निर्वाचन क्षेत्र रहेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट टुंग्याइएका उम्मेदवारमध्ये १२ जना सङ्घीय तथा प्रदेश सरकारका पूर्वमन्त्री रहनु भएकाे छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नम्बर १ मा भीमबहादुर रावल, कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर र डोटीबाट त्रिलोचन भट्ट उम्मेदवार बनाइएको छ। यसैगरी, प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार हुनुहुनेछ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीकै तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र कञ्चनपुर क्षेत्र नम्बर ३ मा मानबहादुर सुनार उम्मेदवार चयन हुनु भएकाे छ ।
नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशङ्कर चौधरी र अछाम क्षेत्र नम्बर १ बाट झपटबहादुर बोहरालाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्याशी बनाउने निर्णय गरेको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच