काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले आज काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गर्नुभएकाे छ ।
फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा गुरुङले रास्वपामा प्रवेश गर्ने निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख गर्नुभएकाे छ । उहाँले अब जनताले माग गरेको जवाफदेहिता, स्पष्ट दिशा र नतिजालाई संस्थागत रूपमा अघि बढाउने समय आएको बताउनु भएकाे छ ।
गुरुङकाअनुसार आगामी यात्रामा जनहितलाई पहिलो प्राथमिकता दिइनेछ भने युवाको विश्वास सुरक्षित गर्दै परिवर्तनलाई स्थायी बनाउने लक्ष्य लिइएको छ । “यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,” उहाँले लेख्नुभएकाे छ ।
गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने जानकारी पनि दिनुभएकाे । रास्वपामा उहाँको प्रवेश र उम्मेदवारी घोषणाले गोरखा-१ को राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच