काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुग्नुभएकाे छ । राजीनामा बुझाएर उहाँ बनस्थलीस्थित पार्टी कार्यालय पुग्नुभएकाे हाे ।
बालेनसँगै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि रास्वपा केन्द्रीय कार्यालय पुग्नुभएकाे छ । गुरुङले आजै औपचारिक रूपमा रास्वपा प्रवेश गर्ने घोषणा गर्नुभएकाे छ ।
बालेन र गुरुङको आगमनसँगै रास्वपा केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको बाक्लो भीड देखिएको छ । समर्थकहरूले उनीहरूको स्वागत गरेका छन् ।
रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेपछि बालेन जनकपुर जाने तयारीमा हुनुहुन्छ । आज जनकपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न बालेन पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू जनकपुर जाने कार्यक्रम रहेको छ ।
गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच