काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रिय कार्यालय पुग्नुभएको छ ।
आईतवार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गर्नुभएका साहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् ।
रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उहाँको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । उहाँ आजै बस्ने रास्वपाको केन्द्रिय समिति बैठकमा सहभागी हुन कार्यालय पुग्नुभएको हो । गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच