काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय लिइ नसकेको जानकारी दिनुभयो । केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यसलाई मन्त्री खरेलले भने हालसम्म कुनै निर्णय नलिइसकेको भन्दै अस्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन । अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला ।’
मन्त्री खरेलले यसबारे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने पनि स्पष्ट पार्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच