डडेल्धुरा । नेपाली काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा पक्षले जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा अगाडी प्रदर्शन गरेका छन् ।
पार्टीको विशेष महाधिवेशनको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय बिरुद्ध नेपाली काँग्रेस डडेलधुराका नेता तथा कार्यकर्ताले आयोगको निर्णय एकतर्फि र असंबैधानिक भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
आयोगले आसन्न निर्वाचन सम्मुख पार्टीको आधिकारिकता, विशेष महाधिवेशनलाई मान्यता र पार्टीको झण्डा लगायत चुनाव चिन्ह विवादमा राखेर पार्टीलाई कमजोर बनाउने गरेको निर्णय अमान्य भन्दै पार्टी पंक्तिका नेताहरुले पार्टीको निर्देशन बमोजिम आन्दोलन गरिएको महाधिवेशन प्रतिनिधि जगत बहादुर ऐरले बताउनु भयाे ।
प्रदर्शनमा स्थानीय तह अमरगढी नगरपालिकाका उपप्रमुख सहित वडाध्यक्षहरु, वडा सदश्यहरु, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक संस्थाका प्रमुख तथा समर्थकहरुको सहभागिता रहेको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच