लस भेगास । संयुक्त राज्य अमेरिकामा आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच ऐतिहासिक एकता भएको छ । शनिबार नेभाडा राज्यको लस भेगासमा सम्पन्न विशेष कार्यक्रममा दुवै समूहबीच औपचारिक एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
न्युयोर्क राज्यमा दर्ता भई सञ्चालनमा रहेको सूर्य लम्साल नेतृत्वको एनआरएनए र टेनेसी राज्यमा दर्ता भई सञ्चालनमा रहेको सतेन्द्र साह नेतृत्वको एनआरएनएबीच भएको सहमतिअनुसार, अब उपरान्त टेनेसीमा दर्ता भएको एनआरएनए ‘एनसिसी अमेरिका’ मार्फत संस्थागत गतिविधि अगाडि बढाइनेछ । सोही संस्थाको इआइएन नम्बर प्रयोग गरिनेछ भने न्युयोर्कमा दर्ता भएको एनआरएनए खारेज गरिएको छ ।
सम्झौतामा दुवै पक्षका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जाराले हस्ताक्षर गर्नुभएको छ । सतेन्द्र साह नेतृत्वको एनआरएनएको नवौँ कार्यसमिति बैठक तथा पहिलो फिजिकल बैठकको अवसरमा यो एकता सम्पन्न भएको हो ।
हस्ताक्षरपछि महासचिव बञ्जराले भन्नुभयो, ‘फुट्न सजिलो हुन्छ, तर जुट्न कठिन । हामीले संस्थागत हकहितका लागि सहमतिमा सम्झौता गरेका छौँ । जब लक्ष्य एउटै हुन्छ, दुई समूहमा विभाजित भएर बस्नुको अर्थ हुँदैन । एक ठाउँमा उभिएर अघि बढ्दा हाम्रो आवाज बलियो हुन्छ र हाम्रा मुद्दा स्थापित हुन्छन् ।’
त्यसैगरी, सतेन्द्र साहले गैरआवासीय नेपालीका साझा अधिकार र मुद्दा स्थापित गर्न एकता अपरिहार्य भएको स्पष्ट पार्दै भन्नुभयो, ‘आगामी दिनमा अमेरिकामा रहेका छुट्टाछुट्टै संघ संस्थालाई एक सूत्रमा बाँध्ने मेरो प्रयास रहनेछ । सारा नेपालीलाई एउटै साझा मञ्चमा जोड्नु नै हाम्रो लक्ष्य हो ।’
महासचिव मोहन न्यौपानेले पनि बाँकी सबै पक्ष र समूहलाई संवाद र वार्तामार्फत एकतामा आउन आह्वान गर्नुभयो । कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधि, मानार्थ सदस्य, चिफ प्याट्रोन र प्याट्रोन लगायतको उल्लेख्य उपस्थिति थियो ।
उपस्थित प्रतिनिधिहरूले यस एकतालाई ऐतिहासिक भन्दै स्वागत गरेका छन् र अब पछाडि हट्ने ठाउँ नरहेको भन्दै अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच