लण्डन । स्पेनिस ला लिगाको उपाधि होड थप प्रतिस्पर्धात्मक बन्दै गएको छ । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले लेभान्तेलाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ ।
यस जितसँगै रियल मड्रिडले २० खेलबाट ४८ अंक पुर्याएको छ भने एक खेल कम खेलेको बार्सिलोना १९ खेलबाट ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ । बाँकी खेलहरूलाई हेर्दा उपाधि दौड अझै खुला र रोमाञ्चक बनेको विश्लेषकहरूको भनाइ छ ।
मुख्य प्रशिक्षक जाभी अलोन्सोले क्लब छाडेको केही समयमै रियलले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रियलले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो ।
खेलको ५८औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै रियललाई अग्रता दिलाउनुभयो । त्यसको ७ मिनेटपछि नै राउल एसेन्सियोले उत्कृष्ट फिनिसिङमार्फत् दोस्रो गोल गरेपछि घरेलु टोलीको जित लगभग सुनिश्चित भएको थियो । बाँकी समयमा लेभान्तेले फर्किने प्रयास गरे पनि रियलको सुदृढ रक्षापंक्तिका कारण गोल गर्न सकेन ।
यस हारसँगै लेभान्ते रेलिगेसन जोनमै सीमित रह्यो । लेभान्तेले १९ खेलबाट जम्मा १४ अंकमात्र जोडेको छ, जसका कारण उसको रेलिगेसनको डर अझ गहिरिएको छ । आगामी खेलहरूमा सुधार नगरेमा शीर्ष डिभिजनमा टिकिरहने सम्भावना कमजोर बन्दै जाने देखिन्छ । ला लिगाको शीर्ष स्थानका लागि रियल मड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएकाले आगामी चरणका खेलहरू फुटबलप्रेमीका लागि अझ चासोको विषय बन्ने अपेक्षा गरिएको छ । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच