काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको खर्च योजनालाई अन्तिम रूप दिएको हो ।
चालु आर्थिक वर्ष सुरु भएको छ महिना बितिसकेको छ । एन्फाले भने बल्ल बजेट पारित गरेको हो । अब यो बजेट खर्च गर्न ६ महिनामात्र बाँकी छ ।
समयमै बजेट आउन नसक्दा एन्फाका विभिन्न गतिविधिहरू रोकिँदै आएका थिए । बजेट स्वीकृत गर्ने निर्णयसँगै बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि एन्फाको लेखापरीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच