झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा उम्मेदवारको नाम टुङ्ग्याएको छ। काठमाडौ महानगरपालिका प्रमुखबाट आज राजीनामा दिएका बालेन्द्र साह ९ बालेन ० झापा ५ बाट चुनाव लड्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न रास्वपाले बालेनलाई अघि सारेको हो ।
रास्वपा स्रोतका अनुसार झापा १ मा निशा डाँगी ,२ मा इन्दिरा राना मगर, ३ प्रकाश पाठक र झापा ४ मा शम्भु सुस्केरालाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा स्रोतले भन्यो, ू विशेष परिस्थिति बाहेक यो फाइनल नाम हो, विशेष परिस्थितिमा मात्रै झापा ५ को उम्मेदवार परिवर्तन हुन्छ ।ू स्रोतले एमले अध्यक्ष ओली अर्को क्षेत्रबाट चुनाव लड्ने भएको खण्डमा झापा ५ मा आफ्नो पार्टीको उम्मेदवार परिवर्तन हुने अन्यथा यो अन्तिम उम्मेदवारको सूची भएको दाबी गरेको छ ।
एमाले अध्यक्ष जहाँबाट चुनाव लड्छन् त्यहीबाट बालेनलाई चुनाव लडाउने रणनीतिमा रास्वपा छ । त्यही रणनीतिलाई रास्वपाले विशेष परिस्थितिको रूपमा व्याख्या गरिरहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच