झापा । अभिव्यक्तिकै कारण पटकपटक विवादमा फसिरहने झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले आइतबार प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई पत्र पठाएर प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सन्देश प्रवाह गरेको भन्दै आयोगले अनुसन्धानको दायरामा ल्याउन साइबर ब्यूरोलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगलाई कांग्रेस सभापति गगनकुमार थापाले २५ करोड बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सन्देश प्रवाह गरेको आयोगको भनाइ छ । कांग्रेस सभापति थापाको नामै किटेर प्रसाईंले अवाञ्छित टिप्पणी गरिएको र सो आरोपसहितको प्रसाईंको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।
प्रसाईं यसअघि पनि अराजक, अपुष्ट, विवादास्पद र भ्रामक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका व्यक्ति हुन् । प्रसाईंले बंगलादेश देशमा अध्यन गर्न गएका नेपाली छात्रालाई अपमानजनक र तल्लो स्तरको आरोपसमेत लगाएका थिए । अस्मिता माथि नै धावा बोलिएको सो अभिव्यक्तिको चौतर्फी र कटुआलोचना भएपछि त्यसबेला प्रसाईंले सार्वजनिक रूपमा माफी मागेका थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच