काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने हुनुभएकाे छ। नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट अलग हुने निर्णयमा पुगेको खनालले बताउनु भयाे ।
उहाँले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणका कारण पनि चुनाव लड्ने अवस्था नरहेको उल्लेख गर्नुभयाे । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खनाल पत्नी राज्यलक्ष्मी चित्रकारमाथि घरमै आक्रमण भएको थियो । आक्रमणसँगै घरभित्र आगजनी हुँदा उनी गम्भीर घाइते हुनुभएकाे थियाे र भारतमा उपचार गराउनुपरेको थियो । यस्तो पारिवारिक अवस्थाले पनि चुनाव नलड्ने निर्णयमा पुग्न बाध्य बनाएको खनालको भनाइ छ ।
खनाल यसअघिदेखि इलाम–१ बाट निर्वाचन लड्दै आउनु भएकाे थियाे । गत निर्वाचनमा पराजित हुनु भएकाे थियाे ।
उहाँले २०४८ सालमा पहिलो पटक इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संसदीय यात्रा सुरु गर्नुभएकाे थियेा । त्यसपछि २०५१ सालमा पुनः निर्वाचित भए पनि २०५६ सालमा पराजित हुनु भएकाे थियाे। २०४६ र २०७० सालको संविधानसभा निर्वाचनमा इलाम–१ बाटै निर्वाचित खनाल २०७० सालमा सर्लाही–१ बाट पनि उम्मेदवार बन्नुभएकाे थियाे, जहाँ उहाँ पराजित हुनु भएकाे थियाे ।
२०७४ सालमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका खनाल २०७९ सालको निर्वाचनमा पुनः पराजित भएका थिए । नेकपा (एमाले)का पूर्व अध्यक्षसमेत रहनुभएकाे खनाल पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएकाे थियाे । हाल एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको नेकपाका उहाँ वरिष्ठ हुनु हाे । खनाल २०६७ सालमा नेपालका प्रधानमन्त्री बन्नुभएकाे थियाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच