काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले एकाबिहानै जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सोमबार बिहानै उहाँले जानकी मन्दिर पुगेर पूजा आजा गर्नुभएको हो । बालेनसँगै डा. अमरेश कुमार सिंह पनि जानकी मन्दिर पुग्नुभएको थियो ।
आइतबार मात्रै काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिनुभएका बालेनले रास्वपाको बरिष्ठ नेताको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि साँझ जनकपुर पुग्नुभएका उहाँले सोमबार रास्वपाको विशेष सभालाई सम्बोधन गर्नुहुने छ ।




तस्बिर : सामाजिक सञ्जाल





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच