मकवानपुर । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तालिका तय गरिएको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको हो ।
निर्धारित तालिकाअनुसार माघ ६ गते बिहान १० देखि ११ बजेसम्म मंगोल नेशनल अर्गनाइजेसनलाई पहिलो समय दिइएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ११ देखि १२, नेकपा एमालेका लागि १२ देखि १ बजेसम्म समय तोकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ देखि २ बजेसम्म मनोनयन दर्ता गर्न पाउनेछ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीका लागि २ देखि ३, नेपाली कांग्रेसका लागि ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछिको एक घण्टा समय छुट्याइएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन् । स्वतन्त्र उम्मेदवारले भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुरक्षा व्यवस्था र मतदानस्थलको तयारीबारे जानकारी गराएका थिए । हेटौंडा-११ थानाभर्याङस्थित कृषि थोक बजारको भवनमा मकवानपुरका दुवै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
मनोनयन दर्ताका क्रममा उम्मेदवारसहित बढीमा १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न दिने निर्णय बैठकले गरेको छ । निर्वाचन कार्यालयकाअनुसार मकवानपुर-१ मा १ लाख ५८ हजार ४ सय ३५ र मकवानपुर-२ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् । दुवै निर्वाचन क्षेत्रमा गरी १ सय ५ मतदानस्थल रहनेछन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच