बैतडी । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो ।
जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल समान्यको सूचीमा रहेका उहाँले बताउनुभयो ।
विगतमा भएका निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको हो । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको छ ।
मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । दुर्गम स्थानमा रहेका मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्ने काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो ।”, प्रजिअ पौडले भन्नुभयो, “सुरक्षा योजना लागू गर्न दुर्गम क्षेत्रका मतदानस्थलहरुको अनुगमनको काम भैरहेको छ ।”
प्रतिनिधि सभाका लागि एक निर्वाच क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहे जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । २१ फागुनमा हुने निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उहाँले बताउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच