झापा । जेनजी बिद्रोहपछि स्थानहद तोकिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले केहीबेर पछि पहिलोपटक गृह जिल्ला झापा उत्रदै हुनुहुन्छ । उहाँ बिहान ११ बजे झापा आइपुग्ने एमाले झापाले जनाएको छ । अध्यक्ष ओली गृह झापा आउने भएसँगै एमालेले शक्ति प्रदर्शन गर्ने तयारीसमेत गरेको छ ।
उहाँलाई चन्द्रगढी ( भद्रपुर ) विमानस्थलबाट र्यालीसहित नेता,कार्यकर्ताले गृह नगर दमक पुर्याउने छन् । माइपूर्वको टोलीले सुरुङ्गासम्म र माईपश्चिमका नेता, कार्यकर्ताले दमक पुर्याउने कार्यक्रम रहेको छ । अहिले विमानस्थल वरपर एमाले नेता, कार्यकर्ता भेला हुने क्रम जारी छ ।
अध्यक्ष ओली दमक पुगेसँगै कार्यकर्ता भेटघाट र आन्तरिक छलफलमा व्यस्त रहनु हुनेछ । एमाले झापा उपाध्यक्ष शिव ढुंगेलकाअनुसार उहाँले दिउँसो समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नु हुनेछ । त्यसका लागि दिउँसो २.३० बजे होटल कामक्ष दमकमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलन पछि अध्यक्ष ओलीले चुनावी रणनीतिका बारेमा आन्तरिक छलफल गर्ने र जिल्ला पार्टी नेतृत्वलाई आवश्यक निर्देशन दिने छन् ।
कुनै अप्रत्यासित निर्णय नभए भोलि निर्वाचन कार्यालय दमकमा उम्मेदवारी दर्ता गराएर झापा ५ का मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । पुरै निर्वाचन क्षेत्र घुमेर अध्यक्ष ओली भोलि काठमाडौ फर्कने छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच