सर्लाही । सर्लाहीको लालबन्दीस्थित नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिने भएको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ यच द्वारा सन २०२४ मा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनसमक्ष पेश गरिएको आँखा उपचार केन्द्र स्तरोन्नति सम्बन्धी प्रस्ताव विभिन्न चरणको मूल्याङ्कनपछि गत वर्ष माघ ३० गते बसेको फाउन्डेसनको न्यासी परिषद् बैठकबाट स्वीकृत भएको हो ।
स्वीकृत परियोजनाअन्तर्गत कुल दुई करोड बीस लाख एक्काइस हजार आठ सय साठी रुपैयाँ बराबरको लागतमा आँखा उपचार केन्द्र स्तरोन्नति गरिँदैछ । यसमध्ये एक करोड पञ्चानब्बे लाख पैंतीस हजार पाँच सय साठी रुपैयाँ लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनबाट प्राप्त हुने छ भने बाँकी चौबीस लाख छयासी हजार चार सय रुपैयाँ लायन्स डिस्ट्रिक्ट ३२५ ले स्थानीय स्रोतबाट जुटाएको जनाएको छ ।
लालबन्दीस्थित उक्त आँखा उपचार केन्द्र स्थापना कालदेखि नै सर्लाहीसहित छिमेकी रौतहट, महोत्तरी तथा सिन्धुली जिल्लाका नागरिकहरूलाई निरन्तर गुणस्तरीय आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आइरहेको छ । बिरामीको चाप बढ्दै गएपछि तथा शल्यक्रियाको आवश्यकतामा वृद्धि भएपछि केन्द्रलाई आधुनिक प्रविधियुक्त उपकरणसहित स्तरोन्नति गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो ।
परियोजनाअन्तर्गत अत्याधुनिक शल्यक्रिया , मोतियाबिन्दु शल्यक्रिया उपकरण, आधुनिक शल्यक्रिया प्रणाली, उच्च क्षमताको आँखा परीक्षण उपकरण तथा अन्य आवश्यक प्रविधि जडान गरिने जनाइएको छ । यसबाट आँखा परीक्षण तथा शल्यक्रिया सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
लायन्स क्लब अफ लालबन्दी तथा लायन्स क्लब अफ लालबन्दी सिटीको पहलमा अघि बढाइएको उक्त परियोजनाको नेतृत्व लायन्स डिस्ट्रिक्ट ३२५ का जिल्ला प्रमुख २०२४-२५ लायन विमल कुमार होडाले गरिरहेका छन् । परियोजनाका संयोजक पूर्व परिषद् अध्यक्ष २०१४-१५ लायन भारत प्रसाद ढुंगेल रहेका छन् ।
परियोजना यहि माघ ७ गते औपचारिक रूपमा मधेष प्रदेसका मुख्य मन्त्री कृष्ण यादवले उद्घाटन गरिने कार्यक्रमा रहेको छ । लायन्स डिस्ट्रिक्ट ३२५ ले परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन तथा परियोजना कार्यान्वयनका क्रममा प्राविधिक परामर्श प्रदान गर्ने वरिष्ठ आँखा रोग विशेषज्ञ प्राध्यापक डाक्टर डी. एन. शाहप्रति आभार व्यक्त गरेको छ ।
यस परियोजनाबाट सर्लाही, रौतहट, महोत्तरी र सिन्धुली जिल्लाका करिब दश लाखभन्दा बढी नागरिकहरूले दीर्घकालीन रूपमा गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । लायन्सद्वारा सञ्चालित यो सेवा गतिविधि यस क्षेत्रकै एक महत्वपूर्ण र उदाहरणीय सामाजिक कार्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ । यस परियोजना संचालन पछि लालवन्दी क्षेत्रमा बजारमा समेत चहल पहल बढ्ने अपेक्षा लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच