काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री एवं वामपन्थी नेता गोविन्दनाथ उप्रेतीको ८२ वर्षको उमेरमा निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा सोमबार बिहान ३ बजे उहाँको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उप्रेतीको रेखदेख कोरोनाकालमा पत्नीको निधन भएपछि भतिजा विष्णुबहादुरले गर्दै आउनुभएको थियो ।
मध्यपूर्वी क्षेत्रको वामपन्थी आन्दोलनमा ‘रातो बाघ’ उपनामले चिनिने उप्रेती तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री बन्नुभएको थियो । राजनीतिक यात्राका क्रममा उहाँ नेकपा (माले)बाट एमाले, त्यसपछि पुनः माले हुँदै पछिल्ला वर्षहरूमा नेकपा (माओवादी केन्द्र)मा आबद्ध रहेर सक्रिय हुनुहुन्थ्यो । काभ्रेपलाञ्चोक र विशेषगरी कोशीपूर्वको क्षेत्रको विकास निर्माणमा उहाँको योगदान अतुलनीय मानिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच