म्याग्दी । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर मंगलबार म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । उम्मेदवारी दर्तासँगै उहाँ बुधबार बिहान देखि नै मतदातासँग मत माग्न पश्चिम म्याग्दीको मुना,मुदी, सिवाङ र ताकम गाउँमा पुग्नुभएको छ ।
चोक र चौबाटोमा नै मान्छेहरुलाई भेला गरेर उहाँले आफूले मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु परेको कारण बताउँदै मत माग्नुभएको हो ।
पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने भन्दै राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली अस्वीकार गरेको कारण आफू निर्वाचनमा भाग लिनुपरेको बताउनुभयो । शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
आफूले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव अघि सार्दा मुख्य सचिव तहबाट रोकिएको निवर्तमान मन्त्री पुनको भनाइ छ । “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो । त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” निवर्तमान पन्त्री पुनले भन्नुभयो । पुनले शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने उहाँको भनाइ छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,नाँगीका महाविर पुनको स्वतन्त्र उम्मेदावारीले आफ्नो बलियो पकट भएका क्षेत्रमा समेत राजनीतिक दललाई चुनौति थपिएको छ । म्याग्दीको ग्रामिण क्षेत्रमा बेतारे इन्टरनेटमार्फत आफ्नो पहिचान स्थापित गर्नुभएका महाविरले राष्ट्रिय आविष्कार केन्द्र तथा विरगंजमा कृषि औजार कारखानाको कामसँगै चुनावी अभियानमा समेत होमिनुभएको हो ।
निर्वाचन आचारसंहिता लागू भएसँगै आफूले अन्तिम चरणमा पुर्याएको शिक्षा नियमावलीको दशौँ संशोधन अघि बढाउन नसकिएको र निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट राजीनामा दिनुपर्ने बाध्यताका कारण सोमबार राति अचानक निर्णय गरेर राजीनामा दिएको मन्त्री पुनको भनाई छ । जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नु पर्नेरहेछ भन्ने अनुभवका कारण चुनावी मैदानमा होमिएको बताउँदै उहाँले नेपालको कर्मचारीतन्त्रबाट आफू वाक्क भएको प्रतिक्रिया दिनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर