काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । त्यस्तै, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । हिमालयन बैंकका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव हुनुहुन्थ्यो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्तिसँगै श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै, महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोज गोयल र एनआइसी एसिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल चयन हुनुभएको सिबिफिनले जनाएको छ । सिबिफिनमा पदाधिकारीका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच