काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार रामनाथ मैनालीको निधन भएको छ । उहाँको ८३ वर्षको उमेरमा बुधबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको हो । मैनाली स्नायुसँग सम्बन्धित रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको बुधबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
उहाँको निधनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोक व्यक्त गर्नुभएको छ । ‘हाम्रो पार्टीका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता आदरणीय रामनाथ मैनालीज्यूको असामयिक निधनको दुःखद् खबरले स्तब्ध भएको छु । राजनीति, कानुन तथा समाजसेवाको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ,’ प्रचण्डले भन्नुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच