काठमाडौं । ब्रिटिस काउन्सिलले सांस्कृतिक संरक्षणका लागि सञ्चालित आफ्नो ‘कल्चरल प्रोटेक्सन फण्ड’ १० वर्ष प्रवेशका अवसरमा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ । काउन्सिलले नेपालसहित विश्वका १९ वटा देशमा द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण कार्यलाई निरन्तरता दिँदै आएको छ । सन् २०२२ देखि कल्चरल प्रोटेक्सन फण्डले नेपालमा आमनागरिकलाई इतिहास, पहिचान र आपसमा जोड्ने सम्पदा संरक्षण र समुदायको सशक्तीकरणका लागि सहयोग गरिरहेको छ ।
काउन्सिलका अनुसार फण्डमार्फत् नेपालमा कुसुण्डा जस्तो लोपोन्मुख भाषालाई सम्बन्धित समुदायले पुनर्जीवित गरिरहेका छन् भने महिला नेतृत्वमा मैथिल कलालाई सिर्जनात्मक तरिकाले पुनर्जीवन दिएका छन् । त्यस्तै, डोल्पामा हिमाली गुम्बाहरूको संरक्षणका लागि काम भएका छन् भने गण्डकीको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायको खाद्य परम्परा (फुड ट्रेडिसन) लाई दस्तावेजमा उतार्दै यसको जगेर्नाको पहल अघि बढेको छ ।
बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियमले संग्रहालयमा संकलित सामग्री तथा मौखिक परम्परा संरक्षण र सम्वद्र्धन गर्न व्यावसायिक व्यक्तिलाई तालिम प्रदान गरेको छ । पाकिस्तानमा इन्दुश डेल्टामा समुद्री सम्पदा र हजारा समुदायको शिल्पकलाको संरक्षणदेखि स्वात उपत्यकामा बुद्धका मूर्ति पुनस्र्थापना, ऐतिहासिक सिल्करोडका भवन मर्मतका साथै कराँचीको खालिक्दिना हललाई एक जीवन्त सांस्कृतिक हबका रूपमा पुनस्र्थापनाका लागि सहयोग गरेको छ ।
ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदी भन्नुहुन्छ, ‘आमनागरिकको तहमा लगानी गरिरहँदा कल्चलर प्रोटेक्सन फण्डले सम्पदा संरक्षण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता उजागर गरेको छ, नेपालभर व्यावसायिक विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्दै हामीले नेपालमा सांस्कृतिक संरक्षणको भविष्यलाई नयाँ स्वरूप दिन र सम्पदाका क्षेत्रमा क्रियाशील अभ्यासकर्ताको सीप सबल बनाउन र सञ्जाल निर्माणमा सहयोग गरिरहेका छौं ।’ सन् २०२६ मा कल्चरल प्रोटेक्सन फण्डअन्तर्गत ब्रिटिस काउन्सिलले देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यावसायिक व्यक्तिलाई जनवरी २०-२३ सम्मका लागि क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरिरहेको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न