धेरै वर्षअगाडिको कुरा हो । पश्चिममा देउली भन्ने एउटा ठूलो गाउँ थियो । त्यस गाउँमा सबै जाति मिलेर बसेका थिए । गाउँघरमा पुग नपुग दुःखसुखमा ऐँचोपैँचो ऋण उधार गर्ने चलन थियो । ऋण लिनु पनि पर्ने जोगिनु पनि पर्ने अचम्मको गाउँ थियो देउली गाउँ । गाउँको नाम पनि त्यस्तै खतराबाटै जुरेको रहेछ । घरमा बुढाबुढी बस्नै पर्ने तर जोगिनु पनि पर्ने । त्यसो भएर घरबाट बाहिर जाने बेलामा आमालाई छोरा-नातिहरूले कसैले यहाँ साक्षी बसिदिनु सहीछाप गरिदिनु भनेर ल्याए भने गरिदेउली नि नगर्नु है हुँदैन सुन्यौ होइन फेरि गर्देउली नि नगर्नु है नगर्नु । यसरी देउली शब्दले देउली भनेर ठट्टा गर्थे रे वरपरका गाउँले । हुँदाहुँदै गाउँको नामै देउली हुन गयो । साँच्चै बुढाबुढी आँखा नदेख्ने अक्षर नचिन्नेलाई त कति खेर झुक्याएर फसाउने हुन् पत्तै नहुने हुनाले देउली गाउँ नम्बर एक फटाहामा गनिएको थियो ।
सिपाहीहरूले तपाईहरूलाई दोष छैन, यो छोरो चाहिँ बदमास फटाहा हो हामीले चिन्यौँ । एइ लो दागबत्ती दे सबै काम गर फटाहा भनेपछि भन्यो, बाले नै भनेर गरेको हो मैले मात्तै भन्या हो र भनेपछि सिपाही मलामी सबैले भने फटाहाले त मरेपछि पनि दुःखै दिने रहेछ । जिउँदोमा के नदेओस् ।
कोही बल्लोपल्लो गाउँबाट बिहान वा बेलुकीमा देउली गाउँ आए भने विचित्रको तमासा देखिन्थ्यो । बेलुकी भात खाएपछि १६ वर्षमाथिका लोग्नेछोरा होस् वा आइमाई बाहिर सुत्ने सबैले आफ्नो दुबै हातको बुढी औंलामा काम्रो बाँधेर पनि ओड्नेभित्र हात लुकाएर चेपेर सुत्नुपथ्र्यो । यदि त्यसो गरिएन भने रातमा निदाइरहेको बेलामा आएर कागतमा सहीछाप लाइदिइहाल्ने हुनाले बहुतै गाह्रो थियो जोगिन । बिहान त्यसरी बाँधेर सुतेको जस्ताको तस्तो छ कि छैन जाँचबुझ गर्नुपथ्र्यो । त्यतिखेर अर्को गाउँबाट आउनेले देख्दा एउटा विचित्र अचम्म लाग्दथ्यो । बुढाबुढीको नाममा प्राय जग्गा हुने भएकोले बुढी औंला जोगाउन अति नै गाह्रो थियो । फटाहाहरूले त्यतिखेरै त्यो राजिनामाको वा बन्धकी वा दृष्टिबन्धकको वा हदमुनिको राजीनामाको कागत नदेखाउने त्यो सहीछाप गर्ने बाउआमा मरेपछि त्यो कागत देखाउने र हडप्ने ।
कतिसम्म भने कागतमा झुक्याएर सहीछाप गर्नेले मर्ने बेलामा छोरानाति राखेर गोप्य रूपमा भन्थे गर्थे । हेर बाबु दुःख पायौं भने त्यो फलानाको घरबारी मेरो नाममा लिखत छ, कब्जा गरेर खानु भनेर कागत देखाइदिएर मर्ने गर्थे । विचरा बुढाबुढीको हात कुन जाडो कुन गर्मी । एकै नास खोकिलामा राखी हिँड्नुपर्ने । उस्तै एकान्त परे दुई जना मिलेर हात तानेर कागतमा सहीछाप ठोकिदिने र आपस्तमा मिलेर कब्जा जमाउने । विशेष गरेर अन्धा आँखा नदेख्नेलाई त पाइला पाइलामा गाह्रो थियो ।
यसरी अति नै ठगेका र ठगिनेहरूलाई पछिपछि अलिअलि चेतना आएकोले सतर्क हुन थालेकाले फटाहाहरूले अरू नयाँ नयाँ बाटोतिर लाग्दैथिए ठग्नकै लागि । एक जना अतिनै फटाहा जो बुढो घँुडो टाउको जोडिइसकेको थियो । हिँडडुल गर्न नसक्ने भइसकेकाले ओछ्यान पर्दै गएपछि एक दिन बेलुकी गाउँलेहरूलाई बोलाएर हात जोड्दै आँखा रसिलो पार्दै भने बाबु हो मैले उमेर छँदा के गरेँ के गरिन त्यो सबै माफी माग्छु बिर्सिदेऊ मेरो पाप पखाली देऊ मलाई मुक्ति देऊ मेरो बिन्ति छ । नब्बे वर्ष भएँ आशिष दिए आशिष श्राप दिए लाग्छ भन्छन् बाबु हो त्यही पापले हो कि के हो ? दिसा थामिँदैन तिमीहरूलाई घाट लान पनि गाह्रै हुन्छ मेरो गुदद्वारमा खोयाको ठेडी हालेर लैजाऊ ।
यो छोरो चाहिँ बदमास फटाहा हो हामीले चिन्यौँ । एइ लो दागबत्ती दे सबै काम गर फटाहा भनेपछि भन्यो, बाले नै भनेर गरेको हो मैले मात्तै भन्या हो र भनेपछि सिपाही मलामी सबैले भने फटाहाले त मरेपछि पनि दुःखै दिने रहेछ । जिउँदोमा के नदेओस् । त्यही भएर पो यसो गरेर लैजाऊ भनेको रहेछ । मलामीहरूको बीचमा बाटैभरि फटाहाले त मरेपछि पनि दुःखै दिनेरहेछ भन्दै बाटो कटाए ।
त्यसो भएपछि घाटमा पुगेर झिकिदिए भइहाल्छ । मलाई कपडामा, मर्ने बेलामा पिसाब र विष्टामा नपारीदेऊ है बाबु हो बिन्ति छ । उनले यति भनेपछि केहीले भने ल ल तपाईंले फोहोरमा डुबेर मर्नुपर्दैन भनिदिए । कतिपयले भने भइगयो नि त भनेर घर-घर गए । एक डेढ घण्टापछि त रुवाबासी चल्यो । गाउँले छिमेकी भनेकै मर्दापर्दा हो लौ लौ जाऊँ भने गए । जम्मा भएपछि बिष्टा खुस्केला कपडामा के गर्ने ? भने कसैले झिनो स्वरमा केहीले भने अब मरेपछि पनि के शंका गर्नु, खोया खोजेर ठेडी लाइदिऊँ र लैजाऊँ भनेर ठेडी हालेर लास लिएर घाट गए । घाटमा लगेर लाश बिसाए । त्यनि नै बेला उसको छोरो चाहिँ अइपुगेर बा भनेर मसार्दै गयो । बुढापाकाले भने ए ! बाबु बालाई बिष्टामा नपार है, पहिले मुख धोइदेऊ, हातगोडा धोइदेऊ अनि लगौंटी फेर देऊ र दिसाघर पनि धोइदेऊ । मलाई फोहोरमा नपारी देऊ है भनेर रुदै भन्दै गरेका थिए ।
यसो भनेका मात्र के थिए ए बा हो तिमीलाई त खोयो ठोकेर मारेका पो रहेछन् त पापीले भनेर बा हो ! भनेको एकै छिनमा सिपाहीहरू पो आए । यस्तो देखेर ती बुढाले भने खबरदार दाजुभाइ हो यो फटाहा दन्ते कान्छाले हामीलाई फसाउनका लागि पो घरमा नबसेर घाट कुरेको रहेछ ।
यसैलाई समातेर कारकेर गर्नुपर्छ बढो हामी निर्दोष मलामीलाई यसले दोष लाउने ? भनेर बुढा केटा युवा कड्किएर भने त्यो खोया जिउँदैमा हालुन्जेल यसका नाति र बुहारी के गरिरहेको थिए सोधे । ए केटा हो यो दन्ते भाग्ला है छेकेर राख । सबैले घेरा हालेर छेके सिपाहीले भने खोई नातिहरू आछन् ? छन् । यिनै हुन् भनेर घेरामा राखेर देखाए । सिपाहीले सोधे भाइ त्यो खोयाको ठेडी हजुरबाउ मरेपछि हालेको कि ? नमर्दै ? मरेपछि ।
हामीले हजुरबाउ मरे भनेर गाउँले बोलायौँ अनि हजुरबाउले मरेपछि लाउनू भनेकाले काकाहरूले बिष्टा नचुहियोस् भनेर लाएर ल्याएको भनेपछि सिपाहीहरूले तपाईहरूलाई दोष छैन । यो छोरो चाहिँ बदमास फटाहा हो हामीले चिन्यौँ । एइ लो दागबत्ती दे सबै काम गर फटाहा भनेपछि भन्यो, बाले नै भनेर गरेको हो मैले मात्तै भन्या हो र भनेपछि सिपाही मलामी सबैले भने फटाहाले त मरेपछि पनि दुःखै दिने रहेछ । जिउँदोमा के नदेओस् । त्यही भएर पो यसो गरेर लैजाऊ भनेको रहेछ । मलामीहरूको बीचमा बाटैभरि फटाहाले त मरेपछि पनि दुःखै दिनेरहेछ भन्दै बाटो कटाए ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम