काठमाडौं । मेगा मोटर्सले ‘कामा इभी’ पिकअप गाडीहरू नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले विभिन्न रेन्जका कामा इभी पिकअप गाडीहरू नेपाली बजारमा भित्र्याएको हो । खासगरी दैनिक सरसामान ढुवानीका लागि उपयुक्त कामा इभी पिकअपले एकपटकको फुल चार्जमा एक सय ६९ किलोमिटरदेखि तीन सय किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।
दुई टनसम्मको भारबहन क्षमता भएका पिकअपको ब्याट्रीमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्म वारेन्टी रहेको ललितपुरस्थित चन्द्रलक्ष्मी मोटर्स प्रालिका सिनियर सेल्स एक्जुकेटिभ विकेक मायालले बताउनुभयो । उहाँका अनुसार विभिन्न रेन्जमा सातदेखि ११ फिटको कार्गो बेडमा उक्त इभी पिकअपमा ७० किलोवाट क्षमताको मोटर रहेकाले गाडीको कार्यक्षमता अब्बल रहेको छ । गाडीमा रिजेनेरेटिभ ब्रेकिङ, एयर कण्डिसनलगायतका सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि