काठमाडौं । फेरिल्याण्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो फेरिल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (आइतबार) देखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२-१२ गरी २४ टिमको सहभागिता रहने फेरिल्याण्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराउनुभयो । दुवै समूहमा सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
जुनियर ब्वाइजको समूह ‘ए’मा न्युटन, ज्ञानभूमि र गोल्डेनपिक तथा समूह ‘बी’मा ज्ञान संस्कार, एञ्जल्स हार्ट र वसुन्धरा नेसनल एकेडेमी (बिएनए) रहेका छन् । जेबी स्कुल, ग्रिनल्याण्ड र भक्ति समूह ‘सी’ तथा फेरिल्याण्ड, बिएमसिए र हिमशिला समूह ‘डी’मा छन् ।
सिनियर गल्र्सको समूह ‘ए’ मा फेरिल्याण्ड ‘ए’, सेन्ट जोसेफ र भ्याली पब्लिक तथा समूह ‘बी’मा न्युटन, बिएनए र मञ्जरी छन् । लोयल्टी एकेडेमी, भक्ति र जेबी स्कुल समूह ‘सी’ तथा फेरिल्याण्ड ‘बी’, एनसिसिएस र हिमशिला समूह ‘डी’मा छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने फेरिल्याण्डका निर्देशक विनोद अधिकारीले बताउनुभयो । जुनियर ब्वाइजमा किङडम हिमालयन र जुनियर गल्र्समा फेरिल्याण्ड ‘ए’ डिफेण्डिङ च्याम्पियन हुन् । फेरिल्याण्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार किङडम हिमालयन यसपटक सहभागी भएको छैन । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कपनस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच