काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’को शुभमुहूर्त गरिएको छ । अभिनेता अर्पण थापाको निर्देशनमा निर्माण हुने यस चलचित्रको शुक्रबार काठमाडौंमा शुभमुहूत गरिएको हो । ए.टी.एफ.प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण हुनलागेको यो चलचित्रको छायांकन सोमबारबाट चितवनमा सुरु हुनेछ । चलचित्रमा अर्पण स्वयंसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको फिल्म ‘शाम्बाला’बाट चर्चामा आउनुभएकी अभिनेत्री थिन्ले ल्हामोको मुख्य अभिनय रहनेछ ।
चलचित्रमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउनुभएकी थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । साथमा अभिनेत्री गौरी मल्ल र आयशा तामाङको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ ।
चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी.शाही हुनुहुनछ । सुदीप बरालको छायांकन रहने चलचित्रमा संगीत दीपक बज्राचार्यको रहनेछ । रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच