काठमाडौं । अर्जुन गहतराज र सरिता सुनारको स्वरमा रहेको गीत ‘पराई मान्छे’ सार्वजनिक भएको छ । अर्जुनकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा आफूले अत्यन्त माया गरेको व्यक्ति टाढिँदाको पीडालाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।गीतको भावनालाई निर्देशक विशाल बरालले कलात्मक शैलीमा भिडियोमार्फत उतार्नुभएको छ । भिडियोमा मोडल अर्जुन गहतराज र आश्मा कँडेलको अभिनय देख्न सकिन्छ ।
नार्गाजुन क्षेत्रमा छायांकन गरिएको भिडियोको कथा पनि गायक गहतराज स्वयंको हो । गीतमा पूर्ण संयोगको संगीत संयोजन रहेको छ भने छायांकन महेश महराले गर्नुभएको हो । मिन रावलले सम्पादन गर्नुभएको गीतको भिडियो अर्जुन गहतराज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच