काठमाडौं । रचना रिमाल र यादव घिमिरेको स्वरमा रहेको गीत ‘पिरिम लाउ है’ सार्वजनिक भएको छ । आचार्य नवीन गौतमको शब्द रचना र विशाल निरौलाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
एकान्त मगरको निर्देशन, सम्पादन तथा रंग संयोजन रहेको गीतको भिडियोमा पत्रकार तथा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार ज्योत्सना घिमिरेको मुख्य अभिनय छ । गीतका शब्दहरूले नेपाली जीवनदर्शन र सरल प्रेमभावलाई अर्थपूर्ण ढंगले प्रस्तुत गरेका छन् ।
रोहित बस्नेत र आशिष राईको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई सञ्जोक श्रेष्ठको छायांकन गर्नुभएको हो । भिडियोको छायांकन भक्तपुरको बोडे कुमारी मन्दिर तथा काठमाडौंको कमलपोखरी क्षेत्रमा गरिएको छ ।
नेपाली मौलिकता, प्रेम र संस्कृतिको सुन्दर संयोजन प्रस्तुत गर्ने ‘पिरिम लाउ है’ गीतको भिडियो यादव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच