बुटवल । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’को प्रचारप्रसार बुटवलबाट शुरु गरिएको छ । बुटवलमा बिहीबार एक कार्यक्रमबीच निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले प्रचारप्रसार सुरु गरेको हो । बुटवल जेसिससँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसहित जेसिसका व्यक्तिहरूको उपस्थितिमा चलचित्रको ट्रेलर र गीतसंगीत हेरिएको थियो ।
ट्रेलर हेरेपछि नगरप्रमुख पाण्डेले हालको बर्तमान परिस्थितिलाई नजिकबाट नियाली बनाइएको चलचित्र भएकाले सबै युवावर्ग परिवार र देशका नेतृत्व गर्नेहरूले हेर्नै पर्ने चलचित्र बनेको प्रतिक्रिया दिनुभयो । माघ २८ र २९ गते अनलाइन बुकिंग खुल्ने यस चलचित्रको बुटवलमा एक औपचारिक कार्यक्रम गर्दै स्थानीय बुद्धिजीवी र सरोकारवालालाई चलचित्रबारे बताइएको निर्माता दिनेश कोइरालाले बताउनुभयो । चलचित्र जेन-जी आन्दोलन अगाडि नै निर्माण भएपनि आफूहरूको सोचजस्तै देशमा आमुल परिवर्तनको कुरा चलचित्रमा देख्न पाइने उहाँको भनाइ छ ।
निर्देशक कोइरालाले चलचित्रको कथावस्तुदेखि अभिनय र चलचित्रमा निकै मिहिनेत समाजको यथार्थ चित्रण गर्दै नयाँ आयाम ल्याउन बिगुल फुक्नेसमेत बताउनुभयो ।
म्याग्नोलिया ग्रुपको व्यानरमा निर्माण भएको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारको अभिनय छ ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको यस चलचित्रको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला हुनुहुन्छ । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने चलचित्रको मोफसल वितरण श्री ब्यांकेट्स इन्टरटेन्मेन्ट रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच