काठमाडौं । रोटरी इन्टरनेसनलअन्तर्गत रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५/२६ ले नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना गरेको छ । शनिबारदेखि काठमाडौंको थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौंको परिसरमा सुरु भएको दुईदिने रोटरी हाट बजार साना उद्यमशीलता प्रवद्र्धन, महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रोत्साहन तथा कला-संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, पहिरन तथा विविध सिर्जनात्मक वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । साथै निःशुल्क दन्त परीक्षण, बालबालिकाका लागि खेल तथा मनोरञ्जन क्षेत्र, खानाका स्टल, चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्वकला प्रशिक्षण तथा प्रतियोगिता, जादु प्रदर्शन र अनुहार रंगाउने कार्यक्रमसमेत समावेश रहेका आयोजकले जनाएको छ ।
रोटरी इन्टरनेसनलका अनुसार जनवरी महिना व्यावसायिक सेवा महिनाका रूपमा मनाइने भएकाले साना उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक उत्थानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो । उपत्यकाभित्र र बाहिरका रोटरी, रोटार्याक्ट, इन्टरएक्ट क्लबका सदस्य तथा स्थानीय समुदायका करिब पाँच हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच