संसारका प्रजातान्त्रिक मुलुक जहिले पनि सावधिक निर्वाचनमा विश्वास गर्दछन् । जनताबाट अनुमोदित भएपछि मात्र शासकीय प्रणाली व्यवस्थित र सुरक्षित हुन्छ भन्ने विश्वास आजका प्रजातान्त्रिक मुलुकमा रहेको छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भने पनि निर्वाचनको माध्यमबाट चुनिने प्रतिनिधि नै देशका शासक हुने गर्दछन् । कम्युनिष्ट शासन पद्धतिमा भने सावधिक निर्वाचन हुँदैन । निर्वाचन त हुन्छ तर एउटै व्यक्ति नै सदा चुनिने गरेको हुन्छ । जनताको वालिग मताधिकारको कुनै औचित्य प्रमाणित हुँदैन । प्रजातन्त्रको मूल मान्यता नै जनताको शासन हो । जनताको अभिमतद्वारा चुनिएका व्यक्ति नै शासनमा आफूलाई सुरक्षित तरिकाले राख्ने शासकीय पद्दतिलाई नै प्रजातन्त्रको सुन्दर उपहार मानिन्छ ।
नेपाल गणतान्त्रिक शासन पद्दतिलाई स्वीकार गरेको मुलुक हो । गणतन्त्र आएदेखि स्थानीय, प्रदेश तथा संघको दुुई पटक निर्वाचन सम्पन्न भयो । दोस्रो निर्वाचनपछि संघको तेस्रो निर्वाचन २०८४ सालमा हुनुपर्ने हो । सरकारले स्थायित्व पाउन सकेन । जेन-जीको विद्रोहले नेपाललाई पुनः निर्वाचनमा होम्यो । यो निर्वाचन स्थानीय तह वा प्रदेश तहको होइन । संघीय सरकार विघटन भयो । छ महिनामा निर्वाचन गराउने गरी पूर्वन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । यस सरकारको मुख्य उद्देश्य नै निर्वाचन गराउनु हो । सरकार गठन हुँदा नै निर्वाचनको मिति तोकेर नै गठन भएको थियो । यो सरकारले निर्वाचनको वातावरण गराएन भन्ने दलीय अवस्थामा पनि सरकारले वातावरण बनायो । उत्साहजनक सहभागिताको अपेक्षासहित नेपालका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइसकेको छ । अन्ततः देश निर्वाचनमा होमिइसकेको देखियो ।
नेपालका विभिन्न आन्दोलनमा नेतृत्व गरेको नेपाली कांग्रेस, नेपाली कांग्रेसलाई हरेक आन्दोलनमा सहयोग गर्ने नेकपा एमाले, दश वर्ष देशको आर्थिक, सामाजिक, राजनीतिक सुधारका लागि सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीले सरकारमा रहँदा गरेका नराम्रा कामप्रतिको विद्रोह थियो जेन-जी विद्रोह । यही विद्रोहको चापमा आजका पुराना दलप्रति नेपाली जनतामा निराशा विद्यमान् छ ।
अग्निपरीक्षामा पुराना दल
नेपालका विभिन्न आन्दोलनमा नेतृत्व गरेको नेपाली कांग्रेस, नेपाली कांग्रेसलाई हरेक आन्दोलनमा सहयोग गर्ने नेकपा एमाले, दश वर्ष देशको आर्थिक, सामाजिक, राजनीतिक सुधारका लागि सशस्त्रयुद्ध गरेको तत्कालीन नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीले सरकारमा रहँदा गरेका नराम्रा कामप्रतिको विद्रोह थियो जेन-जी विद्रोह । यही विद्रोहको चापमा आजका पुराना दलप्रति नेपाली जनतामा निराशा विद्यमान् छ । यो निराशालाई आशामा परिवर्तन गर्न सबै दल सचेत बनेर निर्वाचनमा होमिए । निर्वाचनमा होमिएलगत्तै यी पुराना दलको अग्निपरीक्षा आरम्भ भयो ।
यो अग्निपरीक्षा दलका लागि पूर्णतः विकासको आधार बनाउनसक्ने अवस्थामा देखिएको छ । नेपालको राजनीतिमा यी दल गणतन्त्रपछि शासनमा रहे । शासकीय पद्धतिमा सुधार पनि गरे । विकास नगरेका होइनन् । विकास पनि गरेका छन् । नेपालमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातमा विकास नभएको पनि होइन । विकासलाई आधार मानेर विकासमात्र गरेनन् । आफूले पनि कमाए । आफन्तलाई पनि कमाउने धन्दामा लगाए । यही अवस्थामा नेपाली राजनीति गतिशील बन्यो बितेका केही वर्षदेखि ।
नेपालका युवाले यी सरकार र राजनीतिले गरेको अव्यवस्थाप्रति असन्तोष व्यक्त गरे । यही असन्तोष व्यक्तिएर बाहिर आयो भदौ २३ र २४ गते । हामीले शिक्षा नेपालमा पाउनुपर्छ । हाम्रो रोजगार नेपालमै सुरक्षित हुनुपर्दछ । देशमा भ्रष्टाचार बढी भयो । भ्रष्टाचार रोकिनुपर्दछ । भ्रष्टाचारमा सलग्न साना वा ठूला व्यक्ति जोकोही पनि कानुनको कठघरामा उभिनुपर्दछ भन्ने उद्देश्य नै उनीहरूको आफ्नो माग थियो । उक्त आन्दोलनको मूल मान्यता भनेकै सुशासन थियो । अव्यवस्थाको अन्त्य र व्यवस्थाको सूत्रपात उनीहरूको चाह थियो । यही चाहमा नेपालका ठूला राजनीतिक दल मिलेर बनेको सरकार ढल्यो । संसद् विघटन भयो । निर्वाचन गराउने उद्देश्यले सरकार गठन भयो । सरकारको गठनसहित निर्वाचनका हल्ला चले । निर्वाचन हुँदैन भन्ने आधार पनि आए । निर्वाचनको वातावरण छैन भन्ने तथ्य पनि बाहिरियो तर निर्वाचनमय बन्यो देश आज आएर । निर्वाचनका लागि गठन गरिएको सरकारले आफूलाई परीक्षामा सफल बनायो ।
जेन-जी विद्रोहको पीडा सबैभन्दा बढी तत्कालीन प्रधानमन्त्री र प्रधानमन्त्रीलाई सहयोग गर्ने सबैभन्दा ठूलो दल कांग्रेसले भोग्यो । तात्कालीन माओवादीले पनि नभोगेको होइन तर माओवादी सरकारमा नभएका कारण पानीमाथिको ओभानो बनेर बाहिर आयो । तत्कालीन सरकारमा रहेका दल पूूर्णरूपमा जेन–जी विद्रोहको शिकार बने । पार्टी पनि र व्यक्ति पनि । अहिले ती दल सबै क्षेत्रमा आफ्ना उम्मेदवार लिएर जिल्ला र गाउँमा पुगिसके । पुराना दल सकसमा छन् । जनता तिनीहरूसित टाढिएका छन् । नेतृत्चमा उही पुरानो अनुहार जनता हेर्न चाहँदैनन् ।
नयाँ अनुहारमात्र होइन इमानदारिता पनि जनताको चाह हो । विगतको जस्तो अवस्था अब नहोस् भन्ने अभिलाषा पनि हो जनतको । यो अभिलाषालाई पुराना दलले कसरी सम्बोधन गर्छन् हेर्न भने बाँकी नै छ । घोषणापत्रमार्फत सम्बोधन अवश्य नै गर्नेछन् केही दिनमा । यी राजनीतिक दलको अवस्था र यिनीहरूको परीक्षाको समय आएको छ । यति जित्छौं र जितिन्छ भन्नु राजनीतिक भाषण हुनसक्छ तर वास्तविकता भने निर्वाचनपछि नै थाहा हुनेछ ।
नयाँ दललाई चुनौती
नेपालको राजनीति त्यति सहज भने छैन । नेपालको राजनीतिमा अहिले केही दल नयाँ छन् । आफू र आफ्नो दल नै नेपाल र नेपालीको हित गर्नसक्छ भनेर आफूलाई निर्वाचनमा होमेका छन् । यहाँसम्म कि निर्वाचन गराउने उद्देश्यले गठित मन्त्रिपरिषदका सदस्य कुलमान घिसिङ् नयाँ दल खोलेर निर्वाचनमा होमिए । धरानका मेयर पनि आफूले नै देशको कायापलट गर्ने भन्दै नयाँ पार्टीमार्फत निर्वाचनमा गएका छन् । काठमाडौं महानगरप्रमुख बालेन साह पनि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नै निर्वाचनमा होमिएका छन् । उनी त अझ उक्त पार्टीका प्रधानमन्त्रीका उम्मेदवार नै हुन् । उनी जेन-जी आन्दोलन हुँदाका अवस्थामा प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई हराउने भन्दै झापाबाट निर्वाचन लड्दै छन् । हुने के हो पछि नै थाहा होला । बालेनलाई काठमाडौंका जनताले विश्वास गरेका हुन् । उनलाई पाँच वर्ष महानगर सुम्पेका पनि हुन् । उनी बीचैमा महानगरलाई अलपत्र छोडेर हिँडे । झापाली जनताले नै उनको भविष्यलाई निर्धारण गर्नेछन् ।
गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति बनेर उदायो । आज त्यही शक्ति देश हाँक्ने सपना लिएर चुनावमा होमिएको छ । शासन गर्नका लागि बहुमत अनिवार्य हुन्छ । हाम्रो पार्टीले प्रत्यक्षमा एक सय सिट जित्छ भन्ने प्रक्षेपण उक्त दलका ठूला नेताले नै गरेका छन् । उक्त दलले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।
नयाँ दललाई चुनौती अवस्य नै छ । नेपाली जनता वषौंदेखि राजनीतिक सिद्धान्त र विचारलाई लिएर बसेका छन् । उनीहरू विचारकेन्द्रित राजनीतिमा अभ्यस्त छन् । विचारले नै राजनीतिज्ञलाई परिपक्व बनाएको हुन्छ । नेपाली कांग्रेससित बीपीको विचार छ, दर्शन छ, सिद्धान्त छ । कम्युनिष्ट पार्टीसित विदेशी भए पनि विचारको अभाव छैन तर देशको भलो गर्ने, नेपाली र नेपालको हित गर्ने उद्देश्यले आएका नयाँ दलमा विचारको शून्यता अवश्य नै छ । विचार शून्यतामा राजनीतिको जग कमजोर हुन्छ । जग नै कमजोर भएपछि कसरी राजनीतिको घर ठडिन सक्छ र ! विचार नभएका, सिद्धान्तहीन राजनीतिले कहिल्यैे पनि दिगोपनलाई जीवन्तता दिन सक्दैन ।
त्यसैले नयाँ पार्टी पूर्णतः विचाररहित पार्टी हुन् । यी पार्टीको भविष्य नेपालको राजनीतिमा दिगो हुनसक्ने अवस्था भने देखिँदैन । लहडका भरमा राजनीति हुँदैन । राजनीतिमा दिगोपनका लागि विचार र सिद्धान्तको पहिचान अवश्य रहने गरेको हुन्छ । पहिलो संविधानसभाको निर्वाचनमा मधेसको क्षेत्रीय दल भधेसी जनअधिकार फोरम महत्वपूर्ण दल बनेर नेपालको राजनीतिमा देखापर्यो । उक्त दलको अवस्था आज कति कमजोर देखियो । तराईका हरेक जिल्लामा नेपाली कांग्रेस, एमाले र माओवादीले नै आज पकड जमाए ।
गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति बनेर उदायो । आज त्यही शक्ति देश हाँक्ने सपना लिएर चुनावमा होमिएको छ । शासन गर्नका लागि बहुमत अनिवार्य हुन्छ । हाम्रो पार्टीले प्रत्यक्षमा एक सय सिट जित्छ भन्ने प्रक्षेपण उक्त दलका ठूला नेताले नै गरेका छन् । उक्त दलले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । नेकपा एमालेमा ओली नै निर्विकल्प छन् । नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्डले अरू कसैलाई छोड्ने अवस्था छैन । हर्क र कुलमान पनि आफूलाई प्रधानमन्त्री घोषणा गरेर हिँडेका छन् ।
नेपाली कांग्रेस गगन थापाको विचार र सिद्धान्तलाई आधार मानेर अघि बढेको छ । युवाको चाह पनि गगन नै प्रधानमन्त्री हुनुपर्छ भन्ने हो । केही वर्षदेखि नेपालको राजनीतिमा गठबन्धनको संस्कृति विकसित भएको थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको केन्द्रीय समितिले गठबन्धनको पर्खाल भत्काइदियो । गठबन्धन भत्केपछिको अवस्था यी पुराना दलको के हुने हो हेर्न भने बाँकी नै छ । नयाँ दलमा पनि देश बनाउने र देशलाई चिनाउने खालको व्यक्ति खासै देखिँदैनन् । असल महानगरप्रमुख र उपमहानगर प्रमुख असल प्रधानमन्त्री हुन्छ भन्नु हामी नेपालीको दिवास्वप्नबाहेक केही हुन सक्दैन ।
विचारविहीन राजनीतिले देशको कायापलट गर्छ भन्नु हामी नेपालीका लागि सपनाबाहेक केही हुन सक्दैन । त्यसैले यही फाल्गुण २१ गतेको निर्वाचनमा भविष्यवाणी गर्नु गलत नै सावित हुनेछ । पुराना दलको साख गिर्ने अवस्था पक्कै पनि न आउला । नयाँ दलको अवस्था पनि त्यति सहज देखिँदैन । जेन-जी सबै निर्वाचनमा होमिएन । कुनै समूह यो निर्वाचनले हाम्रा माग सम्बोधन गर्दैन भन्दै सडक तताइरहेका छन् । देशको भविष्य नयाँ दलसित छ भन्ने आधार पनि कसैसित छैन । जे होस् नेपाल निर्वाचनमा होमियो । निर्वाचनबाट स्थिर सरकार बन्ने लक्षण त देखिँदैन तर अब आउने सरकारले देशका हरेक जनताको मागका साथै नेपाल र नेपालीको भलो गरोस् यही कामनासहित ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच