पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई दोहोर्याउनुभएको छ । ‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्’, उहाँले बिएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियोमा भन्नुभएको थियो ।
भिडियोमा उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर)को सुरुदेखि लागू गर्न चाहेको बताउनुभएको छ । फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अष्ट्रेलिया गत महिना पहिलो देश बनेको थियो । उनीहरूको विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिनेछ ।
म्याक्रोँले १५ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धको साथसाथै उहाँले विद्यालयमा विद्यार्थीहरूलाई मोबाइल फोन राख्न प्रतिबन्ध लगाउने कुराको पनि समर्थन गर्नुभयो । ‘हाम्रा बालबालिका र हाम्रा किशोरकिशोरीको दिमाग बेच्न वा चलाँउनका लागि होइन, अमेरिकी प्लेटफर्मले चलाएका छैनन्, चिनियाँ अल्गोरिदमले पनि दिएको छैन’, राष्ट्रपति म्याक्रोँले भन्नुभयो । रासस/एएफपी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच