ललितपुर । सुयान एजुकेसन प्रालिले श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसर पारेर दोस्रो बहुगन्तव्य शैक्षिक मेला २०२६ आयोजना गरेको छ । ललितपुरको कुमारीपाटीस्थित सुयान एजुकेसनको कार्यालय परिसरमा माघ ९ गते आयोजित मेलामा बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, साइप्रस, माल्टा, दक्षिण कोरिया तथा जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विस्तृत जानकारी प्रदान गरिएको थियो ।
सहभागी विश्वविद्यालय तथा संस्थाका आधिकारिक प्रतिनिधिहरूले शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, शुल्क संरचना, छात्रवृत्ति, भिसा प्रक्रिया, अध्ययनसँगै काम गर्ने अवसर तथा अध्ययनपछिको करिअर सम्भावनाबारे प्रत्यक्ष जानकारी दिएका थिए ।
बेलायततर्फ आवास वैद्यले विश्वस्तरीय शिक्षा प्रणाली र अध्ययनपछिको रोजगारी अवसरबारे जानकारी गराउनुभएको थियो भने साइप्रसस्थित युसिएलएएन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै मदन श्रीवास्तवले किफायती अंग्रेजी माध्यमका कार्यक्रम र युरोपेली रोजगारी सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।
संयुक्त राज्य अमेरिकातर्फ कोलोराडो मेसा विश्वविद्यालयकी प्रतिनिधि महिमा थापा तथा एटलान्टिस विश्वविद्यालय (मायामी) की आधिकारिक प्रतिनिधि साधना बस्नेतले अमेरिकी शिक्षा प्रणाली, अष्ट्रेलियातर्फबाट अपग्रेड जिएसपीका व्यवसाय विकास प्रबन्धक सुमन श्रेष्ठले अष्ट्रेलियामा अध्ययनपछि कार्य अनुमति, न्युजिल्याण्डतर्फ स्टडी इन्फो सेन्टरकी अन्तर्राष्ट्रिय भर्ना प्रबन्धक उषा घिमिरेले सीपमूलक तथा प्राविधिक शिक्षाका कार्यक्रम र छिटो रोजगारीमा प्रवेश गर्न सहयोग गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।
क्यानडातर्फबाट एप्लाइ बोर्डमार्फत् आइबियू क्यानडाको प्रतिनिधित्व गर्दै निरुजा श्रेष्ठ, दक्षिण कोरियातर्फ जनार्दन रिजाल, माल्टातर्फबाट विकी दासले उल्लेखित मुलुकहरूको शिक्षा प्रणाली अवसरबारे चर्चा गर्नुभएको थियो । सुयान एजुकेसनका अध्यक्ष सुनिल महर्जनले विदेश अध्ययन गर्ने सपना देख्ने विद्यार्थीलाई पारदर्शी, नैतिक र भरपर्दो मार्गदर्शन दिनु नै सुयानको मुख्य उद्देश्य भएको बताउनुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच