काठमाडौं । विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटिइएम) विषयमा अमेरिकामा अध्ययनको अवसर तथा विश्वविद्यालय र शैक्षिक परामर्शदाता संस्थाबीच सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित ‘अमेरिका एसटिइएम स्ट्रङ २०२६’ काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा देशभरका एक सयभन्दा बढी शैक्षिक परामर्शदाता संस्था, विभिन्न अमेरिकी विश्वविद्यालयका प्रतिनिधि तथा शिक्षा क्षेत्रका अगुवाहरूको सहभागिता थियो । सो अवसरमा इनयुनी संस्थाका सहनिर्देशक नेत्र कोइरालाले अमेरिकामा एसटिइएम शिक्षाको बढ्दो महत्व, अन्तर्राष्ट्रिय विश्वविद्यालय, विद्यार्थी भर्ना साझेदार तथा परामर्शदाता संस्थाबीचको सहकार्यले विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रम उद्घाटन इनयुनी संस्थाकी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना तथा साझेदार विभागकी सहउपाध्यक्ष ब्लेरिना पोलोभिना र अक्रोन विश्वविद्यालयका अन्तर्राष्ट्रिय भर्ना तथा संलग्नता निर्देशक मार्टी बेनेटले संयुक्त रूपमा गर्नुभएको थियो भने सोही अवसरमा अक्रोन विश्वविद्यालयको आधिकारिक चिह्न (लोगो) पनि सार्वजनिक गरिएको थियो ।
पोलोभिनाले नेपाली परामर्शदाता संस्थाहरूसँग सहकार्य अझ मजबुत बनाउँदै नैतिक र विद्यार्थी-केन्द्रित भर्ना प्रणाली विकास गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो भने बेनेटले अक्रोन विश्वविद्यालयको शैक्षिक उत्कृष्टता, विशेषगरी एसटिइएम विषयमा उपलब्ध कार्यक्रम, अनुसन्धानको अवसर, छात्रवृत्ति, क्याम्पस सुविधा तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्यको रोजगारी सम्भावनाबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
हर्जिङ विश्वविद्यालय तथा लिम संस्थाकी व्यवसाय विकास प्रबन्धक आश्ना श्रेष्ठले शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सेवाबारे जानकारी गराउनुभएको थियो । अक्रोन विश्वविद्यालयकी वरिष्ठ व्यवसाय विकास प्रबन्धक निशा भट्टराईले आवेदन प्रक्रिया, प्रवेशाज्ञा (भिसा) तयारी सहयोग, छात्रवृत्तिलगायतका विषयमा प्रकाश पार्नुभएको थियो । ‘अमेरिका एसटिइएम स्ट्रङ २०२६’ कार्यक्रम नेपाली विद्यार्थीका लागि अमेरिका एसटिइएम अध्ययनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न र शैक्षिक साझेदारी सुदृढ गर्न सफल भएको आयोजकहरूले जनाएका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच