काठमाडौं । बेलायतस्थित किरात सुनुवार सेवा समाज बेलायतको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवारले गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार संकेतले स्वागत मन्तव्यमार्फत अभिवादन गर्नुभएको थियो । कार्यक्रममा समाजका पूर्वअध्यक्ष यादव तुर्सुचा र जितेन सुनुवार, सल्लाहकार छत्र सुनुवार, पूर्वकोषाध्यक्ष इन्द्र सुनुवारलगायत चन्द्रकुमार कोर्मोचा, नरेन्द्र सुनुवार, गौरीधन सुनुवार, पार्वती सुनुवार, शुभद्रा सुनुवार, दिलीप सुनुवारलगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा समाजका विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत गरिएका थिए । यस क्रममा समाजका अध्यक्ष आकाश सुनुवारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष खजेन्द्र सुनुवारले आर्थिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको थियो । त्यस्तै, शिक्षा कोषसम्बन्धी प्रतिवेदन उपाध्यक्ष प्रकाश जिजिच सुनुवार कार्यक्रममा उपस्थित हुन नसकेका कारण सचिव सकुन सुनुवारद्वारा प्रस्तुत गरिएको थियो । समाजको सम्पत्ति सम्बन्धी विस्तृत जानकारी मिलन सुनुवारले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कोइँच सुनुवार समुदायको स्मारिका ‘प्लेँःकास’ को विमोचन गरिएको थियो । स्मारिकाको सामूहिक विमोचन ज्येष्ठ नागरिक सल्लाहकार छत्र सुनुवार, समाजका अध्यक्ष आकाश सुनुवार तथा शुभद्रा सुनुवारले गर्नुभएको थियो । सोही चरणमा समाजको घर खरिदसम्बन्धी रोडम्याप तथा यसको संक्षिप्त विवरण संयोजक केदार सुनुवार संकेतले प्रस्तुत गर्नुभएको थियो ।
आगामी वर्षका लागि तय गरिएका कार्ययोजना तथा एजेन्डाहरू पारित गरिएपछि स्मारिका प्लेँःकासभित्र समावेश गरिएको एउटा कविता वाचन गरिएको थियो, जसले कार्यक्रममा साहित्यिक तथा भावनात्मक गहिराइ थपेको सहभागीहरूले बताएका थिए । कार्यक्रमको अन्त्यतिर प्रश्नोत्तर सत्र सञ्चालन गरी सहभागीहरूले उठाएका जिज्ञासाहरूको स्पष्ट जवाफ दिइएको थियो । आपसी छलफल, सुझाव आदान-प्रदान र पारदर्शिताको अभ्यास सभामा सकारात्मक रूपमा देखिएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच