काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह बढेको छ । सोही राष्ट्रिय उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले नयाँ ग्राहक केन्द्रित अभियान ‘खल्ती चलाऊँ, वर्ल्ड कप जाऊँ’ सार्वजनिक गरेको छ । अभियानमार्फत् कम्पनीले प्रयोगकर्तामध्ये एक जोडीलाई सम्पूर्ण खर्चसहित प्रत्यक्ष रंगशालामै बसेर टी-२० विश्वकप हेर्ने अवसर प्रदान गर्नेछ । अभियान नेपाली क्रिकेटप्रतिको जनउत्साहलाई प्रविधिसँग जोड्दै प्रयोगकर्तालाई फरक र रोमाञ्चक अनुभव दिने उद्देश्यसाथ ल्याइएको कम्पनीले जनाएको छ ।
अभियानलाई थप आकर्षक बनाउन खल्तीले ‘गेमिफाइड’ अवधारणामा आधारित सहभागिता प्रणाली प्रस्तुत गरेको छ । खल्ती एपमार्फत् मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एक खेलाडीको कार्ड हुनेछ । बम्पर उपहारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक खेलाडी कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियान अवधिभर प्रयोगकर्ताले निश्चित पुरस्कारः २, ५, ७ र ११ युनिक खेलाडी कार्ड संकलन गर्दा आकर्षक प्रोमोकोडहरू प्राप्त गर्ने बताइएको छ ।
पाक्षिक पुरस्कारअन्तर्गत पाँच युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट हरेक १४ दिनमा एक जनाले अनर एक्स ९ डी स्मार्टफोन, बम्पर पुरस्कारअन्तर्गत ११ वटै कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो, ‘टी-२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो, अभियानमार्फत् हामी केवल अफरमात्र होइन, प्रयोगकर्तालाई इतिहासको साक्षी बन्ने अवसर दिइरहेका छौं । खल्ती प्रयोगकर्तालाई रंगशालामै पुर्याएर राइनोजको ऐतिहासिक यात्रा प्रत्यक्ष देखाउने अवसर पाउनु हाम्रा लागि उत्साहको विषय हो ।’ अभियान फागुन ११ गतेसम्म लागू हुने बताइएको छ । खल्ती प्रयोगकर्ता युटिलिटी बिल भुक्तानी, मोबाइल टप-अप तथा अन्य दैनिक डिजिटल कारोबारहरू खल्ती एपमार्फत् गरी योजनामा सहभागी हुन सक्ने पनि कम्पनीले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर