काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन एलबिइएफका एक सय ५० विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका फाउण्डेसनका एक सय ५० विद्यार्थी दीक्षित भएका हुन् । फाउण्डेसनका अनुसार स्नातकअन्तर्गत सूचना प्रविधि बिएससी आइटीतर्फ एक सय दुई र बिबिएमतर्फ दुई जना विद्यार्थी दीक्षित भएका छन् भने स्नातकोत्तर तहअन्तर्गत एमबिएतर्फ २१ र एमएससी आइटिएमतर्फ २५ गरी कुल एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपियु मलेसियाबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेसन फाउण्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेज हो ।
दीक्षान्त समारोहमा एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंह, एलबिइएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालान तथा कार्यकारी निर्देशक ई. प्रकाशकुमार केजरीवाललगायतको उपस्थिति थियो । फाउण्डेसनका कार्यकारी निर्देशक केजरीवालले एलबिइएफ यात्रालाई निरन्तर विकास र रूपान्तरण यात्राका रूपमा व्याख्या गर्नुभएको थियो । उहाँले एलबिइएफले विद्यार्थीसँगै आफूलाई पनि समयअनुसार परिष्कृत गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरू शैक्षिक यात्राबाट व्यावसायिक जीवनतर्फ विकसित भएको बताउनुभएको थियो । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपियुका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंहले एपियुको विश्वव्यापी शैक्षिक उपलब्धिबारे जानकारी गराउनुभएको थियो भने एलबिइएफ समूहका अध्यक्ष ई. पंकज जालानले संस्थाको २७ वर्षे यात्राका क्रममा एलबिइएफले सामान्य स्नातक उत्पादन नगरी गुणस्तरीय र दक्ष स्नातक तयार पार्दै आएको बताउनुभएको थियो । उहाँका अनुसार संस्थाले सुरुदेखि नै महिला शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ । हालसम्म १० हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच