काठमाडौं । ग्लोबल आइएमई बैंकडले आफ्ना ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
ग्राहकले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रूपमा आफ्नो बैंक खाता खोल्न सक्ने बैंकले जनाएको छ । त्यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिनमार्फ्त प्रदान गर्नुपर्नेछ । त्यसपछि आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध हुनेछ ।
हाल उक्त सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको बैंकले जनाएको छ । यसअघि बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्समार्फत् मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवा उपलब्ध गराएको थियो । भविष्यमा उल्लेखित सेवालाई अन्य स्थानमा पनि विस्तार गर्दै जाने बैंकले जनाएको छ ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी