वरिष्ठ लेखक विजयकुमारले रास्वपा भर्सेज एमाले : बालेनको चुनौती ओलीलाई, शीर्षकको हालै शिलापत्रमा छापिएको रहेछ । निक्कै खसखस लागेर पढियो । त्यस लेखमा लेखकले बालेनको प्रशंसा हो कि प्रशस्ति गाएको हो छुट्याउन गाह्रो भयो । अहिले यस कुरालाई यकिन गर्ने जिम्मा पाठक र समाजलाई छोडिदिउmँ । आफूलाई चाहिँ लेख पढेपछि यसमा प्रतिउत्तर खप्न हुट्हुटी नै चल्यो । चरम भ्रम सिर्जना गर्ने लेख, विचार र चिन्तनलाई तत्काल प्रतिवाद गर्ने स्वभावले मलाई अधैर्य बनायो ।
यस कारण यो टिप्पणीमूलक आलेख विजय कुमारको हालै प्रकाशित लेखमा केन्द्रित रहेको छ । वरिष्ठ पत्रकारका रूपमा चिनिएका विजयकुमार आफ्नो लेखमा बालेनको तारिफमा पक्का पुल बनाउँदै बालेनले चाहेका भए जेन–जी आन्दोलनपछि सजिलै उनी प्रधानमन्त्री हुनसक्थे भनेका छन् । उनले हातमा आएको पद लिन चाहेनन् पनि भनेका छन् लेखमा । विजयले त बालेनको सचिवालय सदस्य जस्तै भएर बालेनले चाहेका भए उसैदिन प्रधानमन्त्री पद लिन सक्थे पनि भने । अझ अगाडि बढेर विजयकुमारले त बालेनले जनताको विश्वास लिएर प्रधानमन्त्री पद लिने भीष्म प्रतिज्ञा गरेको ठोकुवा लेखमा गरे । विजय त झापा-५ को निर्वाचनलाई मिनी जनमत संग्रह पो भन्दा रहेछन् ।
दमक र अझ झापा बाहिरबाट आयात गरिएका स्वयंसेवकको जत्थाले स्थानीयवासी एमाले पार्टी र जनवर्गीय संगठन लगायत समर्थक समुदायलाई धावा बोलेपछि त्यो सह्य हुने कुरा थिएन । यसले झडपको अवस्था सिर्जना गर्यो । यस खालको हेला, होचो र हेपाइ आम दमकवासीलाई गरिएको हो भन्ने आम बुझाइ रह्यो ।
एउटा क्षेत्रको संसदीय निर्वाचनलाई जनमतसंग्रह भन्नु कस्तो लेखाइ हो, अचम्म र उदेक लाग्छ । मान्छेले आफैंभित्रका कुमान्छेसित लड्नुपर्छ र जित्नु पनि पर्छ । सत्य आफैं स्थापित हुँदैन, यसलाई स्थापित गर्नुपर्छ । भ्रम र फरेबको खेती गरिएको छ भने त्यसलाई समूल समाप्ति गर्नुपर्छ । नत्र त्यसले समय क्रममा जनमनमा भ्रमको शिलापत्र तयार गर्छ । असत्य र अतथ्यलाई बारबार प्रचार गरियो र त्यसको प्रतिवाद गरिएन भने त्यसले जनमनमा हत्तपत्त हट्नै नसक्ने गम्भीर दुष्प्रभावको दाग पार्छ । एक समय पाठक र श्रोता समाजमा इमानदार छविको छाप बनाएका कतिपय लेखक र स्रष्टाले जे लेखे पनि सहजै पत्याउने खतरा रहन्छ । देशमा उल्टो नदी बग्ने अवस्था आयो भने कोही बच्दैन ।
त्यसैले तत्काल त्यस्ता भ्रमलाई तर्क र तथ्यसहित उठ्नै नदिने गरी खण्डन गर्नुपर्छ । सूर्यले छेउकुना खोजीखोजी अन्धकारलाई नासेझैँ विकृत विचार मास्नुपर्छ । इटहरीमा हालै मानव अधिकार शान्ति समाज, सुनसरीको आयोजनामा भयरहित स्वच्छ निर्वाचनसम्बन्धी कार्यक्रम भएको थियो । यसका प्रमुख वक्ता मानव अधिकार शान्ति समाजका केन्द्रीय संस्थापक सभापति कृष्ण पहाडी थिए । यस कार्यक्रममा यस निर्वाचनलाई कतै कुनै बाहनामा बिथोल्ने नियतले त काम हुने त छैन ? भन्ने आशंका प्रकट भयो । यसको एक संकेत झापा ५ नं. निर्वाचन क्षेत्रमा देखियो । उम्मेदवारी नामांकनकै दिन बालेन पक्षका कार्यकर्ताले ओली र उनका कार्यकर्ता लक्षित गाली गलौजको बर्सा सुरु गरे, गराए ।
यसरी दमक र अझ झापा बाहिरबाट आयात गरिएका स्वयंसेवकको जत्थाले स्थानीयवासी एमाले पार्टी र जनवर्गीय संगठनलगायत समर्थक समुदायलाई धावा बोलेपछि त्यो सह्य हुने कुरा थिएन । यसले झडपको अवस्था सिर्जना गर्यो । यस खालको हेला, होचो र हेपाइ आम दमकवासीलाई गरिएको हो भन्ने आम बुझाइ रह्यो । नेपालको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र, गणतन्त्र, जनता र जनजीविका पक्षमा ऐतिहासिक भूमिका निर्वाह नेका र एमाले पार्टीले गरेका हुन् । जननायक बीपी कोइराला र जनतन्त्र, जनअधिकार र जनजीविकाका खातिर सतिसालझैँ आजीवन अविचल व्यक्तित्व क.पुष्पलाल हुन् ।
यस खालका अनेक व्यक्तित्व विशेषता र क्षमता उपर्युक्त पार्टीहरूमा थिए र जति भए पनि यिनै पार्टीमा अझै छन् । यस्ता पुराना पार्टी र नेतृत्व जनता सामु परीक्षित भएर उत्तीर्ण भएका हुन् । नयाँ भनिएका पार्टी र नेतृत्व वार्ड, नगर, जिल्ला र केन्द्रीयस्तरका राजनीतिक र राजकीय जिम्मेवारी रहेर जनताका नजरमा उत्तीर्ण हुनुपर्छ । कुराका भरमा तिनलाई विश्वास गर्न सकिँदैन । त्यसैले भूतप्रेत भगाइदिन्छु भनेर घण्टशंख बजाउँदै घरदैलो गर्दै सिधासाधा जनतालाई झुक्याउन आउनेका कुरामा विश्वास गर्नुहुँदैन । केही वर्ष यिनको चरित्र र चर्तिकता हेरौं, बुझौं अनि विश्वास गरौंला । जसले देश जनताका हितमा खासै काम गरेकै छैन । त्यसलाई कसरी देशको राजकीय उच्चासनमा विजयी बनाउन र विराजमान गराउँन सकिन्छ ।
जसले जनताको नासो स्वरूप ग्रहण गरेको नगरपालिकाको प्रमुख जिम्मेवारी पूरा नगरी आफू खुशी बतासिएर हिँड्छ, जसले प्रमुख हुँदा बोलेका कबोलेका गरेका वाचाहरू भुल्छ नेपालका धरैजसो प्रबुद्ध व्यक्तित्वहरू बालेनको नाम सुन्न पनि चाहँदैनन् । एमाले र नेका पार्टीको गौरवशाली भूमिका, योगदान, व्यक्तित्व र विशेषता तुलनात्मक रूपमा उच्च रहेको छ । राजनीति जेठो नीति हो । यो विचार र आस्थाविहीन हुँदैन । विचारबिनाको पार्टी र संगठन त पिँधबिनाको लोहोटा सरह हो । एकाध नेताले कमजोरी र गद्दारी गरे भन्दैमा सोलोडोलो पार्टीलाई नै पाँडे गाली गर्नुहुँदैन । आधा कुहेको स्याउलाई पूरै कुहेको भन्नुहुँदैन । देशको जरोकिलो सरह रहेर मुलुकको रक्षाका लागि विगत लामो समयदेखि क्रियाशील प्रमुख पार्टीका विरुद्ध भित्री र अझ बाह्य षड्यन्त्र जारी छ ।
यसको एक कडी च्याउसरि राजनीतिमा उदाएका र्याप र झ्यापलगायत पार्टी र नेता हुन् । यिनको दमक प्रवेश अत्यन्त गम्भीर र रहस्यले भरिएको देखिन्छ । एकाध एमाले र नेकाका नगरस्तरका युवा नेतालाई अनेक तरिकाले आकर्षित गरेर आकाशै खस्यो भन्न मिल्दैन खास असर पर्दै{न । राम्ररी सम्झाउने र बुझाउने ल्याकत नराख्दा कार्यकर्तामा भड्काउ सुरु भएको हो । राजनीति फुटबल, भलिबल र भकुण्डो खेल हो । स्वयं राजनीति खराब होइन, खराब—खेलाडीका कारण राजनीतिलाई नै खराब भन्न हुँदैन । यति सामान्य कुरा बुझाउने नेताकै अभाव छ ।
जेनजीका आवरणभित्र देशमा जनधनको सर्वनाश गर्न गराउन उद्यत बालेनको पोल खुलिसकेको छ । पर्दाभित्र बसेर बालेनले विद्यालय र कलेजकै पोशाकमा विद्यार्थीलाई उचाल्ने र उकास्ने र उत्तेजित बनाउने काम गरे, गराए । यद्यपि यस्तो संवेदनशील विषयमा नेपाल सरकारले चरम बेसोमती व्यवहार देखायो । दुई महिनाअघि सुरक्षा संयन्त्रले जानकारी गराउँदा र आफैंले एक दिनअघि जेन-जी आन्दोलन हुँदैछ भन्ने कुरा थाहा पाएर पनि सरकार दरबारमा बाँसुरी बजाएर बस्यो । त्यसैले निर्दोष र निरपराध विद्याथीहरू मारिनुमा बालेन र सरकार दुबै दोषी र अपराधी हुन् तर यसमा पनि मर्न र मार्न उक्साउने बालेन हुन् र अझ बालेन अनाहकमा मृत्युवरण गरेका, मृत्यु शैय्यामा छट्पटाएका, घाइते भएका निहत्था विद्यार्थीहरूलाई अस्पताल र घरमा सहानुभूति दिन बालेन गएनन् ।
हत्या गरिएका बालबालिकाका परिवारजनलाई समवेदना र सहानुभूति पनि बालेनले प्रकट गरेनन् । यस्तो चरित्र र पात्रलाई सामान्य मानवीय संवेदना नभएको मानिस भनिन्छ । आँखैअगाडि भएको नरसंहार देखेर होसी मानिस दुःखी नभई रहन सक्ला र ? । प्रधानमन्त्री ओलीले चाहिँ केही समयपछि मृत्यु भएका उपर र परिवारजनप्रति समवेदना श्रद्धाञ्जलि र सहानुभूति प्रकट गरे । बालेनले यति पनि गरेनन् । सिंहदरबार, सवोच्च अदालत जल्दा बालेनले पालिकाको दमकल पठाएनन् । उल्टो ललितपुरका पालिका प्रमुख चिरिबाबु महर्जनले सहज रूपमा दमकल पठाए र आगो निभाउनु सकियो । सामान्य विषयमा सिंहदरबार जलाउँछु भन्ने बालेनको कुनियत सिंहदरबार जल्दा कुनै दुःख महसुस नभएको दुनियाँलाई थाहा भएकै हो ।
संसद् विघटन गर्नुपर्छ भनेर उत्तेजित सन्देश प्रवाह गर्ने र सुशीला कार्की र कतिपय मन्त्री आफ्ना सिफारिशमा नियुक्त भएका भनेर बालेनले अहंकारपूर्ण उद्घोष गरेका हुन् । त्यतिमात्र होइन झापा क्षेत्र नं. ५ बाट मैले हारेँ भने उक्त जिल्ला र क्षेत्र नेपालको नक्साबाट गायव हुन्छ भन्ने बालेनको राष्ट्रवाद छर्लंग हुन्छ ।
संसद् विघटन गर्नुपर्छ भनेर उत्तेजित सन्देश प्रवाह गर्ने र सुशीला कार्की र कतिपय मन्त्री आफ्ना सिफारिसमा नियुक्त भएका भनेर बालेनले अहंकारपूर्ण उद्घोष गरेका हुन् । त्यतिमात्र होइन झापा क्षेत्र नं. ५ बाट मैले हारेँ भने उक्त जिल्ला र क्षेत्र नेपालको नक्साबाट गायव हुन्छ भन्ने बालेनको राष्ट्रवाद छर्लंग हुन्छ । सामान्यतया कसैको पनि अतिप्रशंसा र अतिनिन्दा नगर्नू भनिन्छ । नेपालको राजनीतिमा चार नेताको नाम चर्चामा छ भन्दै विजय कुमारले क्रमशः रवि लामिछाने, बालेन, ओली र गगन थापाको नाम उल्लेख गरेका छन् ।
उनले रास्वपा र एमाले एकतृत छन् भन्दै कांग्रेस मानसिक रूपले नै विभाजित छ भनेका छन् । यस पार्टीमा अन्तर्घातको बिरुवा वटवृक्षझैँ देखिने प्रारम्भिक संकेत देखिन थालेको ज्योतिष वाणी बखान गरेका छन् । अरू पार्टीका बारेमा नानाथरी नौरङ्गी भए नभएको खोटमात्र देख्ने र देखाउने विजयकुमारको लेख प्रायोजित लाग्छ । के गगन थापाले पार्टीलाई पुनर्जीवित र पुनःजागृत गर्न खोजेको विजयकुमारले नदेखेको हो कि देख्न नसकेको हो ?
बालेनले महानगर प्रमुख हुँदा गरेका वाचाहरू कुनै पूरा गरेनन् । वरिष्ठ पत्रकार टङ्क दाहालका अनुसार प्लास्टिक मिश्रित अलकत्राबाट सडक पिच गर्ने, फोहरबाट अर्गानिक मल तयार पार्ने र त्यसको उपयोग गरेर व्यापक रूपमा तरकारी उत्पादन गरी नेपालमा मात्र होइन विश्व बजारमा निर्यात गर्ने, काठमाडौंको ट्राफिक अस्तव्यस्तालाई चुड्कीको भरमा सामाधान गर्ने, सुरक्षा व्यवस्थामा पूरै सुधार गरी काठमाडौंमा रातदिन व्यवसाय सञ्चालन गर्न र आउजाउ गर्न पाइने, स्कुल, कलेज र कार्यालय सञ्चालनको समय अरू व्यवस्थित गर्ने आदि वाचा गरेका बालेनले ती काम गर्दैगरेनन् । अनि यस्ता पात्रका बारेमा विजयकुमार किन मौलिक लेख भनेर प्रचार गर्छन् । अरू प्रमुख पार्टीका सकारात्मक काम केही नदेख्नु बालेनको प्रशस्तिमूलक यो लेख सरासर भ्रम र फरेबको पुलिन्दा हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर