ललितपुर । नेपाल सम्बत् ११४६ सिल्लाथ्व द्वादशी, माघ १६ गते आज (शुक्रबार) ललितपुरको हौगल टोलबाट परम्परागत हौगः भिन्द्यः (भीमसेन) पूजा नगर परिक्रमा सुरु हुने भएको छ । हौगः भिन्द्यः पूजा परिक्रमा व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी गराएको हो । समितिका अनुसार भीमसेन पूजा आज बिहान १० बजे सुरु भई साँझ ४ बजेसम्म सम्पन्न हुनेछ । पूजापछि परम्पराअनुसार क्वन्ति टोललाई आगामी वर्षको पूजा व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
हौगल टोलबाट पूजा सुरु भए पनि यस वर्षको नगर परिक्रमा हौगल टोल आसपासका पाँच भीमसेन, हौगः भिन्द्यः, हाँचु भिन्द्यः, विश्वकर्मा भिन्द्यः, नःबहाः भिन्द्यः र इटाछेँ भिन्द्यःको संयुक्त आयोजनामा सम्पन्न हुने समितिले जनाएको छ । नगर परिक्रमा ललितपुरका विभिन्न ऐतिहासिक टोल हुँदै सम्पन्न गरिनेछ ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा पूजा व्यवस्थापनका लागि गठन गरिएका सल्लाहकार समिति, कार्यसमिति, कार्य व्यवस्थापन समिति तथा विभिन्न उपसमितिहरूको विवरण उल्लेख गरिएको छ । साथै पूजा तथा नगर परिक्रमा सञ्चालनका लागि अनुमानित आर्थिक विवरण पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रम समितिका अध्यक्ष राजु ताम्रकारको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । त्यस्तै, विशेष अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, नेपालभाषा मंकाः खलः यलका सल्लाहकार प्रेमकृष्ण महर्जन तथा समितिका सल्लाहकार धर्मकृष्ण ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।
समितिका सचिव पुष्पराज महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञानलाल महर्जनले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । वक्ताहरूले हौगः भिन्द्यः पूजा ललितपुरको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानसँग जोडिएको परम्परा भएको उल्लेख गर्दै यसको संरक्षण र निरन्तरताका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच