काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्क पुस्तक समीक्षा समितिको आयोजनामा सञ्चालित १००औं पुस्तक समीक्षा कार्यक्रम कपनस्थित रिलायन्स पब्लिक स्कुलमा भव्यताकासाथ सम्पन्न भएको छ ।
नेटवर्कका अध्यक्ष रविन्द्रजङ थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोतम दाहाल प्रमुख अतिथि रहनु भएको थियो ।
राजुकुमार शिवाकोटीले स्वागत मन्तव्य राख्नस भएको थियो भने सञ्चालक दामोदर निरौलाले ध्यान गराउनु भएको थियो । डा.भगवान कोइरालाले लेख्नुभएको पुस्तक हृदयमा एल्जिना राई र वीरबल राईले समीक्षा गर्नुभएको थियो । ५१औं शृंखलादेखि १००औं सम्म पुस्तक समीक्षा गर्नुहुने शिक्षक कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालले सञ्चालन गर्नु भएको कार्यक्रम विगत ६ वर्षदेखि जूम अन्लाइनमार्फत प्रत्येक १५ र १५ दिनमा सञ्चालन हुँदै आएको छ ।






एलपी ग्यासको मूल्य र आपूर्तिबारे
जलवायु परिवर्तनबाट भएको क्षतिको नेपालले
कृष्णभीरमा सडकको ट्रयाक खोल्ने काम
एघार दिनपछि एक महिलाको सकुशल
त्रिशूली बाढीको ११ दिनपछि दुई
प्रदेशलाई अधिकार नदिए संघीयता कार्यान्वयन