काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गर्नुभयो ।
महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनु भयो । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उहाँको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनु भयो । सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ को जेन-जी आन्दोलनमा अराजकता मात्रै भयो हामीले भनेका छैनौँ । त्यहाँ राजनीतिक विषय थिएन भनेर हामीले भनेका छैनौँ । एउटा पुस्ताको नाममा आन्दोलन भयो तर त्यो पुस्ताले सम्पूर्ण नेपालीको विषय उठाएको थियो । सुशासन सबै नेपाली जनताले चाहेको कुरा हो । अति राजनीतिकरणको अन्त्य सबैले भनेको विषय हो । नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु हुँदैन त्यो हामी सबैले चाहेको विषय हो । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको छ । भदौ २३ र २४ लाई सबैभन्दा बढी नेपाली काँग्रेसले सुनेको छ । त्यही सुनेर हामीप्रति पनि खबरदारी भएको हो भने आफैँलाई परिमार्जन गरेर अघि बढिरहेका छौँ । त्यसैले युवा पुस्ताको आवाज सुन्ने सवालमा पनि नेपाली काँग्रेसले तम्तयार पारेर अघि लगेको छ । मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभवकारिता प्रश्तुत गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ । कतिपय कुराहरु अनुभवले पनि सिकाउने रहेछ । आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको छु भन्दित तर सबै पक्षबाट पहिला भन्दा राम्रोसँग बुझेको छु । सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु ।मैले पहिला सबै गरेँ भन्दिनँ तर मैले केही बिगारेको छैन ।’
महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताउनु भयो । आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गर्नुभयो । उहाँले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताउनु भयो ।
सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैन
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको भेटपछि महामन्त्री पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रश्तुत गरेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना पूरा हुन नसकेको उल्लेख गर्दै पछिल्ला सरकारहरूले पनि बीमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पतालहरूले वक्यौता भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
शिक्षण अस्पताल लगायतका ठूला अस्पतालहरूमा बीमा सेवा प्रभावित भएको खबरहरू आएका छन् । मन्त्री पौडेलले आफ्नो कार्यकालमा बीमाको सुविधा बढाउने (१ लाखबाट ५ लाखसम्म पु¥याउने प्रश्ताव) र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरे पनि हालको अवस्थामा कार्यक्रम नै जोखिममा परेको उहाँको भनाइ छ । उहाँले सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले सबैभन्दा बढी प्राथमिकता बीमाको विषयमा दिएको हो । म आफू हुँदा जसरी पनि बीमा भएको थियो । अहिले बीमा कतिपय स्थानमा बन्द भएको सुन्दैछु । सरकार स्वास्थ्य क्षेत्रबाट त्यसरी भाग्न मिल्दैन । हामीले सरकारले दिन सक्दैन भने कहाँबाट रकम आउँछ, श्रोत जुट्नसक्छ त्यसको स्पष्ट खाका प्रश्तुत गरिसकेका छौँ । त्यही बेलाको सरकारका आदरणीय, सम्माननीय प्रधानमन्त्रीज्युलाई धेरै पटक भन्दा पनि त्यो काम हुन्छ भन्दा भन्दै पूरा हुन सकेन । पछिल्ला सरकारले पनि बीमको त्यो विषयलाई कार्यान्वयन गर्नुपर्छ । त्यो विषय कार्यान्वयन भएन भने सरकारले स्वास्थ्य क्षेत्रमा नागरिकलाई कुनै सेवा दिन सक्दैन । स्वास्थ्यको दायित्व राज्यले वहन गरेको महशुस हुन सक्दैन ।’
महामन्त्री पौडेलले ढलको क्षमता अभिवृद्धि गर्न पनि आफू लागिपर्ने बताउनु भयो । आफूले काम गरेन भनेर भन्न मिल्ने स्थिति नरहेको बताउनु भयो ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या