काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गरिने स्पष्ट पार्नुभएकाे छ । शनिबार काठमाडौं-४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै उहाँले पार्टी संगठनलाई लोकतान्त्रिक र पारदर्शी बनाउने दिशामा कांग्रेस अघि बढेको बताउनु भयाे ।
सभापति थापाले अब कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया पूर्ण रूपमा परिवर्तन हुने उल्लेख गर्दै आगामी निर्वाचनमा वडास्तरबाटै ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छानिने व्यवस्था लागू गरिने जानकारी दिनुभयाे । यसले कार्यकर्ता र पार्टी सदस्यलाई निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बनाउने उहाँको भनाइ छ ।
उहाँले उम्मेदवारको टिकट पाउन पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने परम्पराको अन्त्य भएको दाबी समेत गर्नुभयाे । उहाँले पार्टीभित्र लामो समयदेखि देखिँदै आएको गुटबन्दी र ६०-४० को भागबण्डा संस्कृतिको पनि अन्त्य भइसकेको दाबी गर्नुभयाे ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच