भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा जारी तेश्रो पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको दुई खेलमा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ र बुढासुब्बा आन्द्रुङ, धनकुटा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो खेलमा दिप्रुङले मिरमिरे युवा क्लब, संखुवासभालाई ६–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको हो । टिमका लागि ह्याट्रिक नितेश लिम्बुले तीन गोल गर्नुभएको थियो भने प्रबिन राईले दुई र सुनिल खड्काले एक गोल गर्नुभयो । उक्त खेलको म्यान अफ दि म्याच पनि दिप्रुङका लिम्बु बन्नुभयो ।
शनिबार नै भएको दोश्रो खेलमा ४–२ अन्तरले स्तै दिनको दोस्रो खेलमा बुढासुब्बा आन्द्रुङ धनकुटा बिजयी बन्यो । उसले बुढीगंगा गाउँपालिका, मोरङलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुढासुब्बाका लागि सेसेहाङ लिम्बुले दुई गोल, सलोन जिमी र युगन राईले एक–एक गोल गर्नुभयो । बुढीगंगाका लागि रक्की माझी र समिर राईले एकएक गोल गर्नुभएको थियो । सो खेलको बुढासुब्बाका सलोन जिमी म्यान अफ दि म्याच घोषित हुनुभयो ।
१६ टिमको सहभागिगामा जारी तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ २३ गते सञ्चालन हुने छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर