काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचनको प्रायोजनमा प्रश्न उठाउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यो निर्वाचन दलहरूलाई पुनःस्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका व्यक्त गर्नुभएको हो । भदौ २३-२४ गतेका घटनापछि संसद विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रायोजन र वास्तविक उद्देश्यमा प्रश्न उठाउनु भयो ।
उहाँले यो निर्वाचन दलहरूको पुनरुत्थानका लागि नभएको आशंका उब्जिएको बताउनु भयो । आगामी निर्वाचन अन्य शक्तिलाई स्थापित गर्न वा नाममात्रका दल खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने खेल हुनसक्ने आशंका व्यक्त गर्नुभयो । भदौ २३ गतेका शुरुवाती मागहरू सकारात्मक देखिए पनि २४ गतेको विध्वंसात्मक घटनाले संविधान निष्क्रिय भएको, दलहरू पर्यवेक्षकमा सीमित भएको र ‘जेन-जी’ को नाममा निर्दलीय सरकार चलेको उहाँको भनाइ छ ।
उहाँले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने र नेपाल द्वन्द्वग्रस्त क्षेत्रतर्फ जान सक्ने चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले दलीय प्रणाली पुनः क्रियाशील हुनेमा आशावादी रहेको बताउनु भयो । अहिले नियमित निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ को परिघटनालाई हेर्ने हो भने २३ गतेको शुरुवातको मागहरु सकारात्मक देखिएको भएपनि २४ गतेको विध्वंशको घटना मुलुकको इतिहासमा गम्भीर प्रकृतिको हो । त्यसले यतिखेर एक प्रकारले भन्दा संविधान क्रियाशिल छैन । निष्क्रिय छ । संविधान लागू भएको छैन । दलहरु यतिबेला पर्यवेक्षकको रुपमा मात्रै छ । दलहरुको शासन छैन । जेन-जीको नाममा निर्दलीय प्रकारको सरकार छ । दलहरुको भुमिका छैन । निर्वाचन गरिदिए दलहरु सहभागी हुने हो । अन्यथा दलहरुको भुमिका छैन । दलीय व्यवस्था र लोकतान्त्रिक प्रणाली एक प्रकारको गम्भीर संकटको संघारमा छ । यो लोकतान्त्रिक प्रणाली पुनः क्रियाशिल हुन्छ की हुँदैन, दलीय प्रणाली पुनः क्रियाशिल हुन्छ की हुँदैन त ? यहाँ केही कन्ट्रोभर्सी देखिन्छ, एकातर्फ दलीय प्रणालीअन्तर्गको संसद थियो, तर त्यसलाई विघटन गरिएको छ, अर्कोतर्फ चुनाव गर्ने भनिएको छ । आखिरमा चुनाव गर्ने र दलहरुले पावर ल्याउने हो भने हिजो पनि दलीय प्रणाली थियो, संसद थियो । संसद हुँदाहुँदै त्यसलाई विघटन गरेर निर्वाचनको प्रक्रियाबाट जो गएको छ, यो निर्वाचनको प्रायोजनको उद्देश्य के हो भन्नेकुरा प्रश्न उठेको छ । यसको प्रायोजन, यसको उद्देश्य दलहरुलाई पुनःस्थापित गर्ने हो की होइन भन्ने प्रश्न छ । निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन भयो भने त दलहरु पुनःस्थापित हुन्छन्, त्रिशंकु होला वा सानो ठूलो रुपमा आउलान् । यदी निर्वाचनबाट अर्कै शक्ति स्थापित गर्न खोजिएको हो भने, राजनीतिक दलहरु स्थापित गर्न खोजिएको होइन भने र राजनीतिक दलको नाममा नाममात्रैको दलहरु खडा गरेर मुलुकको स्वाधिनतालाई कमजोर पार्ने प्रकारका खेलहरु त होइन भन्ने आशंका छ । ’
नेता गुरुङले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने टिप्पणी गर्नुभयो । नेपाल द्वन्द्वग्रस्त क्षेत्रको दिशामा जान लागेको बताउनु भयो । राजनीतिक दलीय प्रणाली पुनः क्रियाशिल हुनेमा आफूहरु आशावादी रहेको बताउनु भयो । अहिले नियमित प्रकारको निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्न जरुरी रहेको बताउनु भयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच