काठमाडौं । एनआइसी एसिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासाथ प्रतिस्पर्धी ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले ५० लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार औसत आधारदरमा एक-तीन प्रतिशत प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदर लागू गरिएको छ । कर्जा लिन ग्राहकले सुनका बार वा गरगहना धितो राख्न सक्नेछन् । जसअन्तर्गत ग्राहकले बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकले उक्त योजनामा गरगहना खरिद गर्न पनि कर्जा सुविधा उपलब्ध गराउने भएको छ । ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्न र कर्जासम्बन्धी सल्लाह, सुझाव तथा जिज्ञासा समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच